प्युठानमा कोरोना संक्रमितको संख्या सय पुग्यो

राम बहादुर बिश्वकर्मा,प्युठान। 

आईतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै जिल्लाभर कुल संक्रमितको संख्या एक सय  पुगेको हो।काठमाडौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले जानकारी दिए ।सुबेदीका अनुसार नयाँ संक्रमितहरुमा प्युठान नगरपालिका ९, माण्डबि गाउँपालिका ६, नौबहिनी गाउँपालिका ३,गौमुखी गाउँपालिका १ गरि कुल १९ जम्मा कोरोना पुष्टि भएको हो।उनिहरु १६ देखि ५० बर्ष उमेर समूह छ।