एसईईको नतिजा सार्वजनिक
काठमाडौ,माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो ।
बैठक सकिएपछि नतिजा सार्वजनिक भएको हो ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्