राम बहादुर बिश्वकर्मा, प्यूठान। दाङमा क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु भएको छ।
दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ उदयपुरकोट आँपचौरका १८ वर्षिय राजु कार्कीको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले जानकारी दिए । सुबेदीका अनुसार क्वारेन्टाइनमा स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा उनको शनिबार बिहान बाटोमै मृत्यु भएको हो । स्वास्थ्यकर्मी सहितको टोलि पुगेर उनको शव व्यवस्थापनको तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पिसिआर रिपोर्ट अझै आइसकेको छैन। मृतक युवकको ११ दिन अघि नै स्वाव संकलन गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ पठाईएको थियो । जेठ ११ गते भारतबाट आएर उनी क्वारेन्टाईनमै बसेका थिए।
माण्डवी र बंगलाचुली छिमेकी गाउँपालिका हुन।
Tags :
सम्बन्धित खवर
प्युठानमा टिपर दुर्घटना,चालक घाइते
५ वर्ष अगाडि
कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्