५ दिनमै मृत्यु दाबी बापत नेपाल लाइफले गर्यो १ लाख ३८ हजारको भुक्तानि

५ दिनमै मृत्यु दाबी बापत नेपाल लाइफले गर्यो १ लाख ३८ हजारको भुक्तानि

राम बहादुर बिश्वकर्मा
प्युठान/नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराएर आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा बनाउने प्रयास गर्दै आएको छ।
बिहीवार,स्वर्गद्वारी नगरपालिका-४ बाझिपुरका वीमित गितादेवि सार्किको परिबारलाई विमालेख नम्बर ४०३०१६२१९ अन्तरगत बिमान्क रकम १ लाख ३० हजार  मध्य ५ किस्ता भुक्तानी गरेपनि मृतकले ३० हजार कर्जा लिएको र कर्जाको हालसम्मको ब्याज कटाई परिबारले १ लाख ७२ हजार पाउनुपर्नेमा ३० हजार लोन लिएकोले लोन र ब्याज कटाएर बाकी १ लाख ३८ हजार ३ सय ८८ रुपैयाँ हस्तान्तरण गरेको हो ।

बिमित स्व.गिता देवि सार्किले ईच्छाएको व्यक्ति तेज बिक्रम सार्कीलाई प्युठान उप शाखा प्रमुख मदन रामजालीले कम्पनीको तर्फबाट सो रकम प्रदान गरेका हुन् ।उप शाखाका प्रमुख रामजालिले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको जानकारी दिए ।
बिमित सार्किको कालगतिले मृत्यु भएको थियो।