गोविन्द महतो जनकपुरधाम : प्रदेश २ का एक राज्यमन्त्रीका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवकी स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रदेश २ को प्रदेशसभा बैठक अन्तर्गत चौथो अधिवेशन अन्तर्गत बैठक सञ्चालन हुनु अगाडी गत आइतवार, सोमवार र मंगलवार गरिएको परीक्षणमा स्वकीय सचिव र चालकमा कोरोना पुष्टि भएको हो। प्रदेशसभाका सांसद, कर्मचारी, सुरक्षाकर्मी, तथा सहयोगीको स्वाब परीक्षणको क्रममा राज्यमन्त्री यादवका चालक र स्वकीय सचिवमा कोरोना संक्रमण भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यस भन्दा अघि बिहीवार प्रदेशसभाका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेशसभा अन्तर्गत ४ सय ४३ व्यक्तिको स्वाब परीक्षण गरिएको थियो।
सम्बन्धित खवर
आज शहीद दिवस,सार्वजनिक बिदा छैन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्