राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्लाको माण्डवी गाउँपालिका–१ जस्पुरमा आइतबार कल्पना फेन्सी तथा कपडा पसलको औपचारिक उद्घाटन गरिएको छ। माण्डवी गाउँपालिकासहित आसपासका क्षेत्रका ग्राहकको आवश्यकता, रुचि र बजार मागलाई मध्यनजर गर्दै पसल सञ्चालनमा ल्याइएको हो।
उद्घाटन कार्यक्रममा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले रिबन काटी पसलको उद्घाटन गर्दै पछिल्लो समय युवाहरू स्वदेशमै व्यवसायतर्फ आकर्षित हुनु उत्साहजनक रहेको बताउनुभयो।अध्यक्ष आचार्यले योजनाबद्ध रूपमा बजार सर्वेक्षण गरेर व्यवसाय सुरु गर्नु दीर्घकालीन सफलताका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै पसल सञ्चालकलाई निरन्तरता,अनुशासन र सेवामा ध्यान दिन सुझाव दिनुभयो। साथै,यस्ता साना तथा मझौला व्यवसायले स्थानीय अर्थतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
प्युठान उद्योग वाणिज्य संघ माण्डवी बजार क्षेत्रका अध्यक्ष तुल्सिराम के.सी.द्वारा सञ्चालनमा ल्याइएको कल्पना फेन्सी तथा कपडा पसलमा महिला,पुरुष तथा बालबालिकाका लागि आवश्यक विभिन्न किसिमका फेन्सी सामग्री,रेडिमेड कपडा तथा मौसमी पहिरनहरू उपलब्ध गराइने जनाइएको छ। स्थानीय ग्राहकलाई उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको सञ्चालक के.सी.ले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा स्थानीय,उद्योगी–व्यवसायी,समाजसेवी,बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायको सफलताको कामना गर्दै स्थानीय स्तरमै सेवा र रोजगारी सिर्जना हुने अपेक्षा व्यक्त गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्