नेपाल स्वास्थ्यकर्मी सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

नेपाल स्वास्थ्यकर्मी सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशनले थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल परियार,जगत जि.सी,बिजुला जि.सी,प्रथम गुरुङ,बसन्तलाल पुरी र अस्मिता बुढाथोकी चयन भएका छन्। सचिवमा शेरसिंह थापा मगर निर्वाचित भएका छन् भने सह–सचिवमा केशव के.सी,जानबहादुर पुन,लक्ष्मी न्यौपाने र केशव पुन चयन भएका छन्। कोषाध्यक्षमा अर्जुन न्यौपाने चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी,भगवती दाहाल,तुलसा न्यौपाने,अनिल पन्थी,प्रवेश धामी,शान्ति राना र राधिका शाह चयन भएका छन्।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा कौशल राज वैद्य,पुष्कल श्रेष्ठ,दोर्ण बुढाथोकी,गणेश के.सी,विष्णु थापा,यशोदा वैद्य,हरिप्रसाद जैसी,रेशम थापा र रामचन्द्र पौडेल चयन भएका छन्।
यस्तै,पालिकास्तरका संयोजकहरूमा स्वर्गदारी नगरपालिकाबाट हेमराज पौडेल,नौबहिनी गाउँपालिकाबाट खिमविक्रम केसी,गौमुखी गाउँपालिकाबाट एलिना थापा,मल्लरानी गाउँपालिकाबाट हरिष श्रेष्ठ र ऐरावती गाउँपालिकाबाट महेन्द्र राउत चयन भएका छन्।
अधिवेशनमा बोल्ने वक्ताहरूले स्वास्थ्यकर्मीहरूको हकहित,पेशागत सुरक्षा,गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सङ्घले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।नवनिर्वाचित अध्यक्ष थानेश्वर न्यौपानेले स्वास्थ्यकर्मीहरूको समस्या समाधान र सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य,केन्द्रीय प्रतिनिधि तथा पालिका संयोजकहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।