राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाली काँग्रेस प्युठान जिल्ला सचिव तथा प्युठान नगरपालिका–६ का वडा अध्यक्ष नरेन्द्र पुन मगर पितृशोकमा पर्नुभएको छ।
उहाँका पूजनीय बुवा तथा सोही वडाका निवर्तमान अध्यक्ष कमानसिंह पुन मगरको ७५ बर्षको उमेरमा निधन भएपछि सम्पूर्ण समुदाय शोकाकुल बनेको हो।
स्व. पुन मगरले आफ्नो जीवनको लामो समय समाज सेवा,समुदाय विकास र जनकल्याणमा समर्पित भई वडाको सामाजिक,सांस्कृतिक,शैक्षिक र पूर्वाधार विकासका हरेक क्षेत्रमा उहाँको सक्रिय भूमिका रहेको थियो।जनताको मनमा बस्ने विनम्र स्वभाव,सरल व्यक्तित्व र सहयोगी मनका कारण उहाँ सबैका लागि प्रेरणाको स्रोत रहनुभयो।
शिक्षण पेशा बाट अबकास भएपछि नेपाली नेपाली काङ्रेसमा सक्रिय भुमिकामा रहनुभएका पुनले वडाको विकासका लागि पु-याउनुभएको योगदानले अहिले पनि वडाबासीको हृदयमा उहाँप्रति उच्च सम्मान कायम छ। उहाँको निधनले केवल परिवार मात्र होइन,पूरै समाजले एक सच्चा अभिभावक र मार्गदर्शक गुमाएको महसुस गरेको छ।
आफ्नो जीवनभर समाजसेवा,नेतृत्व र जनकल्याणका कार्यमा समर्पित रहँदै समुदायमा उच्च आदर्श स्थापित सरल,इमानदार र सेवाभावी व्यक्तित्वका धनी उहाँले वडाको सामाजिक,सांस्कृतिक,शैक्षिक र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिनुभयो।उहाँको अग्रसरता र दृष्टिकोणले वडालाई विकास र सहकार्यको बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूको भनाई छ।
शोकको यस घडीमा सामाजिक संजाल मार्फत वडा अध्यक्ष नरेन्द्र पुन मगर र शोकाकुल परिवारजनलाई धैर्य,साहस र आत्मबल प्राप्त होस् भन्ने शुभेच्छासहित मृत आत्माको चिरशान्तिको हार्दिक कामना गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्