सीता बि.क
प्युठान,बिजुवार फुटबल क्लबद्वारा भोलिदेखि सुरु हुन लागेको फुटबल प्रतियोगितामा खेलाडीहरूको उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउन प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठले दोस्रो पुरस्कारका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन्।
बुधबार एक कार्यक्रम बिच आयोजक टिमलाई रकम हस्तान्तरण गरेका हुन।
फुटबल आयोजक टिमलाई रकम हस्तान्तरण गर्दै नगर प्रवक्ता सुमनराज श्रेष्ठ
रकम हस्तान्तरण गर्दै प्रवक्ता श्रेष्ठले“खेलाडीको हौसला र नगरमा खेल क्षेत्रको विकासका लागि हामी निरन्तर प्रतिबद्ध छौं। युवाहरू खेलकुदमा सक्रिय हुँदा समाजमा सकारात्मक ऊर्जा फैलिन्छ,जसले नगरलाई सशक्त र एकताबद्ध बनाउँछ।”
उनका अनुसार खेलले युवालाई स्वस्थ,सक्रिय,अनुशासित र आत्मविश्वासी बनाउने र यसले सामाजिक सम्बन्ध,नेतृत्व क्षमता र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल प्रती नगरका युवा केन्द्रित हुन आबश्यक छ।
स्थानीय खेल समुदायले श्रेष्ठको सहयोगलाई उत्साहपूर्वक स्वागत गरेको छ। यस सहयोगले प्रतियोगितामा खेलाडीहरूको मनोबल मात्र बढाउने छैन,नगरमा खेलकुदमैत्री वातावरणको निर्माणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
बिजुवार फुटबल क्लबले प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्ने मात्र नभई भविष्यका खेल प्रतिभा पहिचान गर्न पनि लक्ष्य राखेको छ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टोल,विद्यालय र संस्थागत टिमहरूको सहभागिता रहनेछ।
नगरवासीहरूमा पनि खेलप्रतिको उत्साह उच्च रहेको छ।प्रतियोगिता हेर्न खेल मैदानमा दर्शकहरूको उल्लेख्य भीड जुट्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्