राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान नगरपालिकाले आउँदो तिहार (शुभ-दिपावली) र छठ पर्वको अवसरमा नगरभित्र प्लाष्टिकका माला र पटाकाको आयात,बिक्री,वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।मङलबार एक सुचना जारी गर्दै प्रतिबन्ध गरिएको हो।
प्युठान नगरपालिका द्वारा जारी गरिएको सूचना
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खनालका अनुसार,“हामी सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दछौं कि तिहार र छठ पर्वमा प्लाष्टिकका माला र पटाका प्रयोग नगर्नुहोस्। यो कदम वातावरणीय प्रदूषण घटाउन,स्वास्थ्य जोखिम कम गर्न र स्थानीय कृषकहरूले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन गर्न गरिएको हो।”
उहाँले थप्नुभयो, “सूचनाको अवज्ञा गर्ने व्यक्तिहरूलाई कानून बमोजिम कडा कारबाही गरिने छ। सबै नागरिकले यसमा सहयोग गर्नु आवश्यक छ।”
नगरपालिकाको यो पहलले वातावरण संरक्षण र स्थानीय उत्पादनको महत्व बढाउने विश्वास गरिएको छ।
त्यस्तै नगर प्रमुख बिष्णु बहादुर योगिले प्राकृतिक फूलहरूको प्रयोगले नेपाली सांस्कृतिक परम्परालाई जिवित राख्नुका साथै विदेशी आयातित प्लास्टिक फूलको प्रतिस्पर्धामा स्थानीय फूल उत्पादकहरूको व्यवसायलाई प्रवर्द्धन हुने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्