प्रेस स्वतन्त्रता दिवस : "नसर्ने रोगको पहिचानका लागि प्युठानका पत्रकारहरुको स्वास्थ्य परीक्षण"

प्रेस स्वतन्त्रता दिवस : "नसर्ने रोगको पहिचानका लागि प्युठानका पत्रकारहरुको स्वास्थ्य परीक्षण"

सीता बि.क
प्युठान,प्रेस स्वतन्त्रता दिबसको अबसरमा नेपाल पत्रकार महासंघ प्युठान शाखाले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ।
नेपाल पत्रकार महासंघ प्युठानको आयोजना स्वास्थ्य कार्यालय प्युठान र प्युठान नगरपालिकाको सहकार्यमा सापडाडा स्वास्थ्य चौकिमा शनिबार १७ जना पत्रकारहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो।नसर्ने रोगहरुमा मधुमेह,रक्तचाप र उचाइ र तौलको आधारमा जोखिम भारवहन जाँच गरिएको थियो ।यस अघि चैत १६ गते नै स्थापना दिवस मनाउने तयारी भएकामा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका कारण स्थगित भएको थियो । चैत १६ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनीका क्रममा पत्रकार रजकको हत्या र सञ्चारमाध्यमहरुको कार्यालय तोडफोड भएको थियो। वैशाख २० गते प्रेस स्वतन्त्रता लगायतका विषयमा रचनात्मक कार्यक्रम गर्न महासंघले सबै प्रदेश समिति र जिल्ला शाखालाई सर्कुलर गरे अनुसार प्युठान शाखाले उक्त कार्यक्रम गरेको शाखाका अध्यक्ष श्रीराम भण्डारीले जानकारी दिनुभयो। आफ्नो अभियानमा सहकार्य गर्ने निकायलाई धन्यवाद व्यक्त गर्दै शाखा अध्यक्ष श्रीराम भण्डारीले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक रहेको भन्दै पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष,नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै शाखाका सचिब बासुदेब गिरीले प्रेसले राज्यका सबै अंगलाई प्रभाव पार्ने भन्दै सरकार र नागरिकलाई सकारात्मक दिशातर्फ प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो।मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पुर्‍याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरि रहेको समेत स्मरण गराउनुभयो।
मुलुकमा अझै पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण,यातना र झमेला खेप्न परिरहेको प्रती दुख ब्यक्त गर्नुभयो।