दुलही झैँ चिटिक्ट सिङ्गारियो ‘बेलपत्रेश्वर’ मन्दिर

सीता बि.क
प्युठान,दाखाक्वाडिमा पहिलो पटक बेलपत्रेश्वर महादेब मन्दिरको आयोजनामा ११ दिवसीय श्री बेलपत्रेश्वर बिराट धार्मिक महायज्ञ शिव महापुराण तथा श्रृङ्गारिक गंगा महाआरती अनुष्ठान- २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २५ देखि बैशाख ४ गतेसम्म गतेसम्म सञ्चालन हुने महाआरतिको सोमबार लुम्बिनी प्रदेश सदस्य तुल्सिराम शर्माले कलसमा गंगाजल अर्पण गरेर क्लस यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । 
बिहान ८ बजे प्युठान नगरपालिका-१ बेलुवा स्थित बेलपत्रेश्वर  मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच पुर्ब मन्त्री समेत रहनुभएका शर्माले कलसमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र एक हजार भन्दा बढी भक्तजनको सहभागीतामा प्युठान नगरपालिका आसपासका महत्वपूर्ण क्षेत्र परिक्रमापछि बेलपत्रेश्वर मन्दिर परिसरमा पुगेर कलसयात्रा बिर्सजन हुने कार्यक्रम रहेको कार्यक्रम मन्दिर ब्यबस्थापन समितिका सचिब जगत धामिले जानकारी दिए । उनका अनुसार  लागि सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि,उप प्रमुख देबेन्द्र वर्मा,नगर स्थित सम्पुर्ण वडा अध्यक्ष,बिश्व हिन्दु परिषदको अध्यक्ष गोपाल योगि लगायतको आतिथ्यता रहने आयोजकले जनाएको छ। ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको र स्थानीय भजन कीर्तन मण्डलीले समेत १० दिन सम्म भजन कीर्तन गर्ने गरिने  उक्त महाआरती अवधिमा कथाबाचनका लागि गुरु सागर गुरागाई सहभागी हुने बताइएको छ।प्युठान नगरपालिका–१ बेलुवा स्थित स्थानीयहरुको लगानीमा बेलपत्रेश्वर मन्दिर निर्माण गरिएको हो।