सीता बि.क
प्युठान,प्रतिनिधि शभा सदस्य सूर्य थापाले प्युठान जिल्लामा छिट्टै शतप्रतिशत विद्युतिकरण घोषणा हुने निश्चित भएको बताउनुभएको छ।जिल्ला स्थित नौबहिनी -१ स्याउलीबाङ र गौमुखी -३ रजबारामा बिद्धुतिकरण हुन बाँकी रहेको ग्रामिण बस्तिलाई केन्द्रित गरि आफ्नो पहलमा करिब ४ करोड २० लाख बजेट खर्च लागत फाइलमा सहमति प्राप्त भएको आफ्नो फेसबुकमा लेख्दै प्रतिनिधि शभा सदस्य थापाले प्युठान जिल्लामा छिट्टै शतप्रतिशत विद्युतिकरण घोषणा हुने निश्चित भएको जिल्लाबासिलाई जानकारी गराउनुभएको हो।
केही महिना अघि प्रतिनिधिसभाका सदस्य सुर्य थापाले प्यूठानका ६४ वटा वडा मध्य नौबहिनी १ स्याउलिवाङ्ग र गौमुखी गाउँपालिको रजवारामा बिद्युत केन्द्रीय प्रशारण लाईन छिटोछरितो बिस्तार गरि जिल्लालाई सत प्रतिशत बिद्युत बिस्तार घोषणा गर्न र ग्रामीण जनतामाझ विद्युत सेवा पुर्याउनमा महत्वपूर्ण भूमिका खेल्दै सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो।
उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको जस्ताको त्यस्तै
सबै प्युठानीहरूमा
सुखद जानकारी !
प्युठान जिल्लामा छिट्टै शतप्रतिशत विद्युतिकरण हुने निश्चित भएको छ। यस निम्ति करिब ४ करोड २० लाख बजेट खर्च हुनेगरी प्रस्तुत फाइलमा सहमति प्राप्त भएको छ।यसबाट नौबहिनी -१ स्याउलीबाङ र गौमुखी - ३ रजबारामा बाँकी रहेको विद्युतिकरण पूरा हुने निश्चित भएको छ।
दम्तीस्थित सवस्टेसन संचालनको शुभारम्भका अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सार्वजनिक टेलिफोन संवादका क्रममा उहाँले मलाई शतप्रतिशत विद्युतिकरण गर्ने कार्य पूरा हुने वचन दिनुभएको थियो। सोही अनुरूप मैले शतप्रतिशत विद्युतिकरणको घोषणा गरेको थिएँ र आधा बजेटको ठेक्का लगाइएको थियोे। अब पूरै बजेट रकमको छिट्टै ठेक्का लाग्नेगरी गोरखापत्रमा सूचना निस्कने छ।विद्युत प्राधिकरणको नेतृत्व र सकारात्मक पहल गर्ने सबैमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु।
उहाँले लेख्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्