पाठेघरको मुखको क्यान्सरः प्युठानमा एचपिभी खोप अभियान सफल पार्न सन्चारकर्मी सङ्ग अन्तरक्रिया 

प्युठानका ९ वटै स्थानिय तहमा १३ हजार ७६३ जनालाइ खोप लगाइने

पाठेघरको मुखको क्यान्सरः प्युठानमा एचपिभी खोप अभियान सफल पार्न सन्चारकर्मी सङ्ग अन्तरक्रिया 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्ला करिब १४ हजार किशोरीहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप लगाउनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि किशोरीलाई एचपिभि खोप लगाउन लागिएको हो।हरेक स्थानीय तहमा यस खोप अभियानको पूर्व सन्ध्यामा अन्तरक्रिया तथा पैरबी भै रहेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभि खोप निःशुल्क लगाइँदै छ। संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाउने योजना अनुरुप प्युठान   जिल्लाका ९ स्थानिय तहका बिद्यालयमा अध्ययनरत १३ हजार ७६३ जना छात्रा र २ सय १७ जना बिद्यालय बाहिर रहेका किशोरिलाइ खोप लगाइने स्वास्थ्य कार्यालय प्युठानका कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिनुभयो ।उहाका अनुसार जिल्लामा जिल्लाभरमामा २ सय स्वास्थ्यकर्मी,४ सय महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिकासहित जम्मा ७ सय जनशक्ती परिचालित हुने स्वास्थ्य कार्यालयले जनाएको छ। जनशक्ती परिचालित हुने स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका अनुसार खोप कार्यक्रमका लागि जिल्लामा आवस्यक सबै तयारी पूरा भएको छ।
गौमुखी गाउँपालिकामा बिद्यालयमा अध्ययनरत १ हजार ४४८ र बिद्यालय बाहिर रहेका ७७ जनागरि १ हजार ५२५, नौबहिनी गा पा मा १९५६, झिमरूक गाउँपालिकामा ४६६९,प्यूठान नगरपालिकामा २५६५, स्वर्गद्वारि नगरपालिकामा १७४६, माण्डवी गाउपालिकामा ११५३,मल्लानी गाउँपालिकामा ९३३,ऐरावती गाउँपालिकामा १००८ र सरूमारानी गाउँपालिकामा १४०८ गरी १३ हजार ७६३ जनालाइ खोप दिन लागिएको हो।जनस्वास्थ्यका हिसाबले निकै जोखिम रहने समूह भनेको महिला रहेकोले उनीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै राज्यले कार्याक्रम अगाडी सारेको कोल्चेन अधिकृत कोशलराज बैद्दले जानकारी दिनुभयो।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने र सुरक्षित पनि रहेकोले खोप लगाउन कोही पनि छुट्न नहुने कोल्चेन अधिकृत बैद्दले बताउनुभयो।पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनका लागि देशैभर नै अभियान शुरु हुन लागेको हो।
स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा मङ्गलबार जिल्ला स्थित सन्चारकर्मी र विभिन्न सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो बताइएको हो।
एचपीभी खोप भनेको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो।यसले भविष्यमा हुने पाठेघर मुखको क्यान्सर न्यूनीकरण गर्छ।