बिपन्नको दुख बुझ्ने भगवान बनेर पुगे माण्डबी गाउँपालिकाका सस्थापक अध्यक्ष रोका

माण्डबी गाउँपालिकाका सस्थापक अध्यक्ष रोकाले गरे बुवा गुमाएका छोरा अशोक बाठालाई आर्थिक सहयोग 

बिपन्नको दुख बुझ्ने भगवान बनेर पुगे माण्डबी गाउँपालिकाका सस्थापक अध्यक्ष रोका

राम बहादुर बिश्वकर्मा
प्युठान,महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चितमध्येको एक कविता ‘यात्री’मा ‘कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरमा जाने हो...’ ‘....फर्क-फर्क हे जाउ समाऊ मानिसहरूको पाउ,मल्हम लगाऊ आर्तहरूको चहराइरहेका घाउ’।यो पङ्क्तिले धर्मको परिभाषा गरेको छ।धर्म मानवता हो,प्रकृति संरक्षण हो,समानता हो,सहिष्णुता हो।धर्म गर्नु भनेको अशक्त लाई सहयोग गर्नु आफूमा भएको गलत विचार र व्यवहारको त्याग गरी असल विचार र व्यवहार धारण गर्नु हो।
यस्तै धारणा बोकेका ब्यक्ती जसले एक अबोध बालकको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेका छन् ।
माण्डबि गाउँपालिकाका सस्थापक अध्यक्ष तथा नेकपा एमालेका युवा नेता श्रीधर रोकाले माण्डबि गापा ४ उदयपुरकोट भेडाबारि सेमलगैराका एक अबोध बालकलाई २० हजार सहयोग गरेका छन।बालकका बुवा खड्क बहादुर बाँठा मगरको ५५ बर्षको अल्प आयुमा भएको निधनमा उक्त घरमा  उपस्थित भएको थिए र किरिया गरेको स्थलमा पुग्दा परिबारको स्थिति दयनीय देख्दा स्तब्द बनायो त्यसैले अबोध बालको अध्ययन लाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए।
समाजमा रहेका यस्ता बिपन्न तथा असहायलाई सेवा गर्नु आफ्नो कर्तव्य भएको रोकाले बताए।
उनले भने “बिपन्नलाई सहयोग गर्नु मेरो धर्म हो कर्तव्य पनि हो।मेरो सानो सहयोगले धेरै उद्धार नभएपनि केही हद सम्म सहयोग पुग्ने अपेक्षा छ।”

रोकाले सामाजिक सन्जालमा लेखेका छन:

 

जिन्दगिको के छ र भरोसा ? त्यसैले एक आपसमा सहयोगि भावना कायम राखेर अगाडि जाउ अबस्य सबैलाइ राम्रो हुनेछ।करिब ३ महिना पहिले माण्डबि गाउँ पालिका ४ उदयपुरकोट भेडाबारि सेमलगैराका खडक बहादुर बाठामगरको मृत्युको समयमा मृतकको घर्मै पुगि गरेको बाचा पूरा गरेको छु। मेरो छोराको उमेरको मृतकका छोरा अशोक बाबु ७ बर्ष को भाडाकुडि खेल्दै किरिया बसेको,जिन्दगिको मुख्य साहारा आफ्नो बुवा जिन्दगि भर नफर्कने ठाउमा गएको भन्ने  त्यो अबोध बालकलाई थाहै थिएन साच्चै अत्यन्तै मन छुने दृस्य देख्दा मैले आसु थाम्न सकेन गहभरि आसु लिएर फर्केको थिए अनि त्यस बेला मैले बाबु लाई ठुलाे भएपछि अध्यनका लागि केहि सहयोग होस भनेर २० हजार सहयोग गर्छु भनेर त्यो परिवारलाइ बाचा गरेको थिए उक्त बाचा आज पुरा गर्न पाउदा मनै देखि  खुसि भएको छु र फेरि पनि ति टुहुरो बाबुको उज्वल भबिस्यको कामना गर्दछु।"

तस्बिर : घरमै पुगेर आर्थिक सहयोग गर्दै माण्डबि गाउँपालिका सस्थापक अध्यक्ष श्रीधर रोका

गाउँपालिका सस्थापक अध्यक्षको भुमिकामा रहदा बिशेष गरी यस्तै गरिव,बिपन्न,दिर्घ रोगी,टुहुरा वालवालिका लगाएत अशक्त असहायको सेवामा उचित कार्य गर्दै चर्चा बटुलेका सस्थापक अध्यक्ष रोका निरन्तर यस्ता सामाजिक सेवामा सक्रिय छ्न।
नेकपा एमाले वडा नं ४ का वडा अध्यक्ष हिमाल पुन मगरले पारिबारिक अवस्था अत्यन्तै दयनीय भएको बाठा मगर परिबारलाई सहयोग गरेकोमा खुशी प्रकट गरे।
मृतक बाठा मगर परिबारलाई यसले धेरै राहत हुने उनको भनाई छ।
परिबार को दयनीय अवस्था देखेर भगवान बनेर आएका रोकालाई धन्यवाद दिदै बालकका आमा अमृता बाठामगरले ठूलो राहात मिलेको बताईन।