माण्डवी गाउँपालिका दोस्रो अध्यक्ष कप प्रतियोगिता सम्पन्न

तुफान अधिकारी 
प्युठान,माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा भएको दोस्रो अध्यक्ष कप प्रतियोगिता आज सम्पन्न भएको छ।शुक्रबार देखि माण्डवी-३ नयाँगाउँ(मार्सिवाङ) प्युठानको खेल मैदानमा भएको प्रतियोगिता भलिबल तर्फ प्रथम माण्डवी-५रम्दी,दोस्रो माण्डवी-२ मर्कावाङ र तेस्रो माण्डवी-४उदयपुरकाेटका खेलाडी भएका छ्न,भने महिला भलिबल तर्फ प्रथम माण्डवी-५रम्दी,दोस्रो माण्डवी-३नयाँगाउँ र तेस्रो माण्डवी-४ उदयपुरकोटका खेलाडी भएका छ्न । यस्तै क्रिकेट तर्फ प्रथम माण्डवी-५रम्दी,दोस्रो माण्डवी-३नयाँगाउँ र तेस्रो माण्डवी-४उदयपुरकोटका खेलाडी भएका छ्न । प्रतियोगिताका बिजेता,रेफ्री,एम्पाएर र उत्कृष्ट खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन'उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी,२नं.वडा अध्यक्ष प्रकाश वली,३नं.वडा अध्यक्ष धनेन्द्र कार्की,४नं.वडा अध्यक्ष डिल बहादुर घर्ती,५नं.वडा अध्यक्ष दुर्गाप्रसाद आचार्यले ट्रफी,प्रमाणपत्र,मेडल र नगद पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रत्येक खेलमा प्रथम पुरस्कार नगद चालीस हजार,ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद तिस हजार,ट्रफी,मेडल र प्रमाणपत्र,तेस्रो पुरस्कार नगद बिस हजार,ट्रफी,मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई प्रत्येक बिधावाट एक/एक जनालाई  नगद पाँच  हजार,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यपालिका सदस्य,गाउँसभा सदस्य, खेलाडी,कर्मचारी र दर्शनहरुको उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सामाजिक बिकास समितिका संयोजक एवं २नं.वडा अध्यक्ष प्रकाश वली सहितले बधाई तथा सफलताको कामना सहित खेलमा निरन्तर प्रयासको सम्पुर्ण खेलाडीमा शुभकामना दिनु भएको थियो ।शुक्रबार सविधानसभा सदस्य नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको प्रतियोगिताको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब कुमार पोख्रेलले गर्नु भएको थियो ।