फोनिज प्युठानको अध्यक्षमा प्रेस चौतारीका नेता तेजेन्द्र निर्विरोध

फोनिज प्युठानको अध्यक्षमा प्रेस चौतारीका नेता तेजेन्द्र निर्विरोध

सीता बि.क
प्युठान,नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्युठानको अध्यक्षमा तेजेन्द्र बिएम चयन हुनुभएको छ ।नेपाल पत्रकार महासघ सुचना केन्द्र गाजुरीमा शनिबार सम्पन्न फोनिजको छैटौँ जिल्ला अधिवेशनले बिएम अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
उपाध्यक्षमा सुवास श्रेष्ठ,सचिव सुशिला बुढामगर,सहसचिव सुरज पुनमगर,कोषाध्यक्ष केदार थापामगर चयन हुनुभएको हो।
त्यस्तै सदस्यहरु विवश घर्तिमगर,स्मृति घर्तिमगर,विष्णु राई,गोमा घर्तिमगर,खगेन्द्र थापामगर,विष्णु पुनमगर,केशव श्रेष्ठ,आइविर थापामगर चान हुनुभएको छ।
नौबहिनी गाउँपालिकाका उपाध्यक्ष डिल बहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासघका निवर्तमान केन्द्रीय समिति सदस्य सुशील पोख्रेल,प्युठान शाखाका पुर्ब अध्यक्ष गिरु भण्डारी,शाखाका निवर्तमान अध्यक्ष सन्जय रिजाल,शाखाका अध्यक्ष श्रीराम भण्डारी,उपाध्यक्ष एलबि थापा,सचिब बासुदेव गिरी जिल्लास्थित विभिन्न पेशागत संघ सङठनका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता थियो ।
कार्यक्रमका प्रमुख अतिथि नौबहिनी गाउँपालिकाका उपाध्यक्ष दिल बहादुर थापाले आदिवासी जनजातिको सवाल नेपालको एक महत्वपूर्ण सामाजिक सवालका रुपमा स्थापित भइसकेकाले फोनिजले नेपाली आमसञ्चारमाध्यम बाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आदिवासी जनजातिको सवाललाई अगाडी बढाउनुपर्ने बताउनुभयो। 
संघको निवर्तमान अध्यक्ष सुजल श्रेष्ठले पत्रकार महासंघको एक्लो प्रयासबाट सबै भाषाभाषी पत्रकारहरुको हक हित सुनिश्चित गर्न पहिचान सम्भव  नहुने भएकाले जातीय पत्रकारहरुको सुझाव,आवाज र समस्याहरुलाई पत्रकार महासंघसम्म संगठन मार्फत् पुर्याउन तथा समस्या समाधानका लागि दवाव सिर्जना गर्नका लागि बिगतमा यसको स्थापना गरिएको बताउनुभयो।
यसै गरी जनजाति समुदायकोइतिहास,धर्म, संस्कृति,भाषा,चाडपर्व, भेषभुषा र जीवन भोगाई आदिलाई पनि विश्वसामु परिचित गराउन एउटा संगठित पत्रकारिताको माध्यमबाट सहज हुने भएकोले  जनजाती पत्रकार महासघ नेपाल जन्मिएको उहाँको भनाई छ।