गौमुखीमा माओवादी केन्द्रको नेतृत्व अब रमेश रानाले गर्ने

प्युठान,नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिका संगठन कमिटीको अध्यक्षमा रमेश राना मगर सर्वसम्मत निर्वाचित भएका छन्।बुधवार सम्पन्न कमिटीको दोस्रो अधिवेशनले रानाको नेतृत्वमा ४५ सदसिय गाउँपालिका कमिटी निर्वाचित गरेको हो।
कमिटीको उपाध्यक्षमा बोम बहादुर सुनार र सुन्दर केसी, सचिवमा सुरेश विश्वकर्मा, सह सचिवमा तेजु गिरी र सुरज सुनार निर्वाचित भएका छन्।यस्तै,कोषाध्यक्षमा बिमला पुरीलाई चयन गरिएको छ।अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य,जिल्ला इन्चार्ज तथा संविधानसभा सदस्य नारायण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज सरस्वती न्यौपानेको विशेष आतिथ्यता रहेको अधिवेशनमा जिल्ला अध्यक्ष यज्ञबहादुर केसी(प्रभात)सहितका नेताहरु उपस्थित रहेका थिए।
माओबादी केन्द्र प्युठान अहिले वडा र पालिका तहको अधिवेशनको तयारीमा जुटेको छ। जिल्लाका सबै स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व छनोट हुने माओबादी केन्द्र प्युठानले बताएको हो।