दिपेन्द्र के सि को प्रण :कृषि,शिक्षा,स्वास्थ्य,खानेपानी र सिचाई लाई मुख्य प्राथमिकतामा राखेर नमूना वडा बनाउछु

दिपेन्द्र के सि को प्रण :कृषि,शिक्षा,स्वास्थ्य,खानेपानी र सिचाई लाई मुख्य प्राथमिकतामा राखेर नमूना वडा बनाउछु

प्युठान,आसन्न स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा राजनितिक दलहरुले आ–आफ्नो तरिकाले प्रचार प्रसारका कार्यक्रम अगाडी बढाईरहेका छन्। यसै क्रममा  ने.क.पा. (एमाले) प्युठान नगरपालिका वडा नम्बर ९ को अध्यक्षको रूपमा आफ्नो उम्मेदवारि दिएका दिपेन्द्र के सि ले आगामी पाँच वर्ष भित्रमा कृषि,शिक्षा, स्वास्थ्य,खानेपानी र सिचाई लाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।
साथै आफु वडाध्यक्षमा बिजयी भए वडाको बिकास र सम्बृदिमा कुनै कसर बाकि नराख्ने उनले दावी गरे। वडामा देखिएका हरेक समस्या समाधान गर्न सबैसंग हातेमालो गर्दै अघि बढ्ने उनले बताए। खानेपानिको समस्या समाधानदेखि सबैखाले बिकृती बिसङ्गतिका विरुद्ध काम गर्ने उनको योजना रहेको छ। वडा नम्बर ९ लाई नमुना वडा बनाउन लागि पर्ने समेत उनले बताए।

साबिकको प्युठान नगरपालिका वडा नम्बर १ मरन्ठाना गुरिगाउ हाल प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना  स्थाई घर भएका के सि लामो समय देखी सामाजिक क्षेत्रमा क्रिर्याशिल व्यक्तित्व हुन । सानै देखी राजनिति संगै निर्माण ब्यबसायमा लागेका के सि अहिले जनताको सुखदु:खमा साथ सहयोग गर्दै बैशाख ३० को चुनाबी अभियानका लागि घर दैलो तथा प्रचार प्रसार  लगायतका काममा ब्यस्त बनेका छन् । 
वडाको बिकासका लागी पुरै खाका तयार पारेको बताउँदै के सि ले यस पटकको वडा अध्यक्षमा बिजयी गराउन वडाबासीमा अपिल गरेका छन।