प्रथम भित्रीकोट महोत्सवमा मंगलबार बद्री पंगेनी आउँदै

प्यूठान,चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आउने आयोजकले जनाएको छ ।पुस ९ गते मंगलबार लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक पंगेनी आउने तय भएको हो ।
पंगेनीको कन्या राशी बोलको गीत अहिले चर्चामा छ।नातिनातिना, छोराछोरी देखी हजुरआमा हजुरबुवासम्मलाई पंगेनीको गीत मन पर्छ । मन थिएन जोगी बन्नलाई, लाउ चेली सिन्दुर लाउ, ससुरालीमा, पैसा सापटी लगायतका गीत बहुचर्चित छन ।
मंगलबार कर्णराज गिरी, सपना गाहा लगायत कलाकारको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।