राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगर पालिका वडा नम्बर ९ मरन्ठाना बुढादेबि स्थित उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन जिल्ला सहकारी सघका अध्यक्ष सुशील पोख्रेलले गर्नुभएको हो।उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले सहकारी क्षेत्रलाई नाफामुखी मात्रै नभई व्यवसायमुखी बनाउनको लागि उद्यमशिलता आवश्यक रहेको भएको बताउनुभयो।
सहकारीको जिम्मेवारी बचत गर्ने मात्रै नभई रोजगारी र उद्यमशिलता विकास गर्नु पर्नेमा जोड दिदै उहाँले जिल्ला भित्र रहेका सहकारीको साना बचतलाई एकत्रित गरि शेयर सदस्यहरूमार्फत युवा रोजगार र उद्यमशिल कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिदै सहकारी मार्फत शेयर सदस्यहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सके शेयर सदस्यहरु स्वरोजगार बन्ने र उनिहरुको आर्थिक स्तर पनि विस्तारै बढ्दै जानेमा बिश्वास ब्यक्त गर्नु भएको थियो।
तस्बिर :आफ्नो भनाई ब्यक्त गर्दै जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेल
पछिल्लो समय केही खराब सहकारीका कारण गलत शन्देस रहेपनि सहकारीमार्फत नै देशको विकास हुन्छ भन्ने मान्यता पनि विकास गरेको उहाँले भन्नुभयो-"आर्थिक दृष्टिकोणले स्ववलम्बन बनाउने,सहकारीमार्फत जनसहभागिता र सहकारी ब्यवसायका रूपमा रहेकोले सरकारले यसका लागि योजना अघि बढाउन आबश्यक छ।"उज्यालो सहकारीको राम्रो प्रतिवेदन तयार भएको भन्दै सदस्य संस्था,कारोबारको हिसाब र वित्तीय विवरण प्रभावकारी देखिएको दाबी गर्नुभयो। सहकारी वित्तिय मात्र नभई सामाजिक कार्यहरूमा समेत अग्रसर रहेको देखिएको उहाँले बताउनुभयो।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ लक्ष्यसहित स्थापना भएको सहकारी सस्थालाई थप ब्यबस्थित बनाउन आबश्यक रहेको सस्थापक अध्यक्ष दिन बहादुर भण्डारीले बताउनुभयो।
स्थापनाकालमा सानो स्वरूप रहेको संस्था सहकारी नीतिअनुसार अघि बढ्दा सफलता मिलेको उहाले बताउनुभयो ।सहकारी मापदण्डलाई पालना गरि काम गरेको र पारदर्शी रूपमा कारकारबाही अघि बढाइएको उहाँले बताउनुभयो।कोषाध्यक्ष शारदा बिश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ९७ लाख १४ हजार २ सय ६३ रुपैयाँ ९७ पैसा कारोबार भएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहकारीको आधारभूत मान्यतालाई कार्यान्वन गर्दै अघि बढ्न सके देशको आर्थिक उन्नतिमा योगदान पुग्ने उहाँले बताउनुभयो।
यसैबीच साधारण शभाले बिनिमय पुनरलेखन सङ्गै बैठक नीति र ऋणनीति समेत पारित गरेको छ।
कार्यक्रममा जेष्ठ सदस्य डोर बहादुर जि सि,काली नेपालीलाई सम्मान गरिएको थियो।
तस्बिर :उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १८ औं बार्षिक साधारणशभाको अबसरमा जेष्ठ सदस्य डोर बहादुर जि सि सम्मानित
त्यस्तै सदस्य देव बहादुर रोका,शान्ति देबि सुनार अनुशासीत सदस्य र अनिता खड्का सफल उद्यमिको रूपमा सम्मानित भएका थिए । सहकारीमा हाल २ सय ४९ पुरुष,३ सय ८२ महिला र ३ सय २२ गरि जम्मा ६ सय ३४ जना शेयर सदस्यहरू रहेका छन्।
सस्थाका अध्यक्ष राधा महतराको अध्यक्षता,उपाध्यक्ष पुर्ण भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब सिताराम घर्तिमगरले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्