सरुमारानीले गर्यो ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

सरुमारानीले गर्यो ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

सीता बि.क
प्युठान,सरुमारानीले निश्वार्थ समाजको सेवा गर्ने महिला  स्वयम् सेविका हरुलाई सम्मान गरेको छ।
आज २१औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो।
बहुउद्देश्यीय शभाहलमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयंसेविकालाई पालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा,वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमै,वडा नम्बर ३ का वडा अध्यक्ष निम बहादुर मसराङ्गी मगर ले सम्मान गर्नुभएको हो।

तस्बिर : २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वयंसेविकालाई सम्मान पत्र प्रदान गर्दै सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा


सम्मानित हुनेहरुमा क्रमशःवडा नम्बर चेन्जकला भण्डारी,सरस्वती रिजल,सिला कुमारी नेपाली,लिला कुमारी दर्लामी,सर्स्वती बि.क र करिस्मा बुढामगर रहनुभएको छ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घर घरमा पुगेर दिनुभएको सेवाको प्रशंसा गर्दै महिला स्वास्थ्य स्वसेविका समुदायको पहिलो डाक्टर भएको बताउनुभयो।
‘‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो,नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ,आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस,तपाईँहरू स्वस्थ समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरूको यो योगदान अतुलनीय छ।’’ निस्वार्थ भाबले स्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वयंसेविकाहरुलाई गाउँ पालिकाको तर्फबाट उचित मुल्यांकन गर्ने बताउनुभयो।आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्‍याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सूत्रपात भएको उहाँको भनाइ थियो।
त्यस्तै प्रवक्ता चिन्त सोमैले वडा-वडा समुदायका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप,सुरक्षित मातृत्व,परिवार नियोजन,झाडापखाला,श्वासप्रश्वास नियन्त्रण र पोषण लगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रबर्धन गर्ने,स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण र स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने लगाएतका थुप्रै कामहरु महिला स्वास्थ्य सेविकाले गर्दै आइरहेको प्रती उहाँले सम्पुर्ण स्वयंसेबिका प्रती सम्मान ब्यक्त गर्नुभयो।
सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वंयसेविकाको भूमिका झनै फराकिलो बनिरहेको बताउनुभयो। अधिकृत पाठकले स्वास्थ्य स्वयंसेविकाहरुले सेवाग्राही र सरकारलाई जोड्ने पुलको काम गरेको बताउनुभयो।
सम्मानित हुने स्वयंसेविका को तर्फ बाट सरस्वती रिजालले सम्मानित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
लामो समय भयो गाउँमा सेवा गरेको तर आर्थिक रुपमा ठूलो उपलब्धि केही भएन तर समाजमा भिन्नै पहिचान बनेको छ र सम्मान पनि मिलेको छ।‘समाजमा स्वास्थ्य स्वयंसेविकाको रुपमा पहिचान छ। त्यसैमा खुसी छ,’उहाँले भन्नुभयो अब स्थानीय सरकारले केही पारिश्रमिकको ब्यवस्था गर्छ कि भन्ने आशा छ।" 
सामाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मसराङ्गी मगरकाे अध्यक्षता,स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पब्लिक हेल्थ नर्स सृजना नेपालीले गर्नुभएको थियो।