गौमुखिमा सामुदायिक ‘होम स्टे’को उद्घाटन,पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

गौमुखिमा सामुदायिक ‘होम स्टे’को उद्घाटन,पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

सीता बि.क
प्युठान,गौमुखी गाउँपालिका वडा नं २ किनाममा गौमुखी सामुदायिक "होम स्टे" उद्घाटन गरिएको छ। शनिवार जिल्लाको गौमुखी गाउँपालिका -२ स्थित किनाममा निर्माण गरिएको"होम स्टे"एक कार्यक्रमकाबीच होम स्टेको उद्घाटन गर्नु भएको हो।
नेपाली कांग्रेस प्युठानका जिल्ला सभापति समेत रहेका गिरीले उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनको विकास नै गौमुखि विकासको मुख्य आधार भएको बताउनुभयो ।

तस्बिर : गौमुखी सामुदायिक "होम स्टे" को उद्घाटन गर्नु हुँदै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरी


उहाँले पालिका बाट सो ठाउँको भौतिक विकासका लागि निरन्तर आफू लागि परेको बताउनुभयो । ‘होम स्टे विकास सबै जनताको साथ चाहिन्छ,’गिरीले भन्नुभयो,‘ऐतिहासिक धार्मिक एवं पर्यटकीय सौर्न्दर्यताले भरिपूर्ण क्षेत्र‘यहाँको कला संस्कृति एवं हामी सबैको लागि महत्त्वपूर्ण छन्,यस ठाउँको विकास नै हाम्रो लागि गौरवको कुरा हो।’
त्यस्तै गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले होम स्टे सञ्चालनसँगै गरीबी निवारण र स्वरोजगार बढ्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो।‘उपाध्यक्ष रानाले गौमुखी क्षेत्र भित्र प्रकृतिले दिएका अनुपम सुन्दर सम्पदालाई आर्थिक समृद्धितर्फ लगी त्यसको अधिकतम प्रयोगमार्फत आर्थिक समृद्धिसँगै संस्कृतिको जगेर्नातर्फ अघि बढ्नुपर्ने बताउनुभयो। समुदायले होम स्टे सञ्चालनमा सक्रियता देखाउनुपर्ने उहाँको धारणा छ।

तस्बिर : शुभकामना मन्तब्य राख्दै गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना


करिब २५ घरको गौमुखी कृषि तथा पर्यटन महिला उद्यमी समुहले उक्त होम स्टे सञ्चालनमा ल्याएको उक्त होम स्टे उद्घाटन भए लगत्तै सुन्दर, प्राकृतिक वातावरणमा बसेर पर्यटकले स्थानीय उत्पादनको मजा लिन सक्नेछन् ।’धार्मिक तीर्थस्थल गौमुखी र लुम्बिनी प्रदेशको सबै भन्दा अग्लो बाइसमुल झरना घुम्न,अवलोकन र स्नान गर्न आउने पर्यटकलाई खान र बस्नको लागि सहज हुने भएको छ ।
होम स्टेमा अर्गानिक तरकारीको स्वाद लिन पाइन्छ।अतिथिलाई कोदाको ढिंडो,गुन्द्रुकको अचार,कोदाको तोङ्वा, कुखुराको सुप लगायतका परिकार खुवाउन सकिन्छ ।

अतिथी सत्कारमा होम स्टे सन्चालक 


महिला उद्यमी समुहको अध्यक्ष चन्द्रकला थापाको अध्यक्षमा पालिका अध्यक्ष बिष्णु गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम पौडेल,वडा नं २ का अध्यक्ष डोर बहादुर राना, योजना तथा प्रशासन शाखा प्रमुख दुर्गा प्रसाद सुबेदी,इन्जिनियर शिवलाल पुन,कृषि शाखा प्रमुख हुमलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो।