सीता बि.क
प्युठान,रात दिन नभनी समाज सेवामा दौडीरहने जनप्रतीनीधी हुन महाबिर राना गौमुखी गाउँपालिका उपाध्यक्ष समेत रहेका रानाले आफ्नो जन्मदिनको अवसर पारेर दलित समुदाय बालबालिका लाई स्टेसनरी सहयोग गरेका छन्।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ उपाध्यक्ष रानाले रजबारा अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेका हुन्।रानाले विभिन्न समयमा लोकप्रीय कामहरु गर्दै आएका छन्।
विगतमा पनि आफ्नो जन्मदिनमा केही न केही सहयोग पुर्याउँदै आएका उनले मानवीय सहयोगका लागि पनि यस वर्षको जन्मदिन गौमुखी गाउँपालिका- ३ रजबारा राम्दिखोरका दलित समुदायका बालबालिकाहरु सँग मनाएको बताए ।
तस्बिर :दलित समुदायका बालबालिकाको पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अबसरमा स्टेसनरी प्रदान गर्दै गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर राना
उपाध्यक्ष रानाले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा बेसहारा,गरिबीका कारण पढ्न,लेख्न,उपचार गर्न बञ्चित भएका निमुखा,असहाय बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छन्।पछिल्लो समय जन्मदिन,विवाह,ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढ्दै गएको देखिन्छ।यस्ता विकृतिहरूको अन्त्य गर्नसमेत उनले गरेको कार्य उदाहरणीय बनेको छ ।
बिगत देखि जन्मोत्सवमा अनावश्यक खर्च नगरी सामाजिक काममा हातेमालो गरौ भन्ने अभियान सञ्चालन गर्दै आएका रानाले सबैलाई आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी,सक्दो सामाजिक र रचनात्मक कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
उनले उपाध्यक्षको तलवको १० प्रतिशत रकम विभिन्न सामाजिक क्षेत्रमै खर्चने गरेका छन् । गतबर्ष पनि उनले आफ्नो जन्मदिन खर्च कटाएर गन्दर्भ समुदायलाई दशै खर्च प्रदान गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्