साहित्यकार ‘सानु गुल्मेली’को नारी पात्रहरुको मर्मस्पर्शी कथा "ऐजेरु" बिमोचन 

साहित्यकार ‘सानु गुल्मेली’को नारी पात्रहरुको मर्मस्पर्शी कथा "ऐजेरु" बिमोचन 

 सीता बि.क
प्युठान,लेखक तथा साहित्यकार राजकुमारी कुवर(सानू गुल्मेली)को नयाँ पुराना कथाहरुको संगालो ऐजेरुमा नारी पात्रले भोगेका मर्मस्पर्शी कथा पाठक माझ आएको छ। 
पुराना र नयाँ कथा सहित नयाँ अनुहारमा मङ्गलबार कथा संग्रह"ऐजेरु"को बिमोचन भएर पाठक माझ आएको हो। 
साहित्य परिषद् प्यूठानको अध्यक्ष विमला खनाल,प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगी,उपमेयर देबेन्द्र बर्मा,जिल्लाका साहित्यकार,प्रध्यापक तथा पत्रकारहरु र लेखक स्वयंको उपस्थितिमा संग्रहको बिमोचन गरिएको हो।

तस्बिर :साहित्यकार ‘सानु गुल्मेली’को नारी पात्रहरुको मर्मस्पर्शी कथा "ऐजेरु" बिमोचन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि लगायतको टिम


सानु गुल्मेलीको पहिलो कथा सङ्ग्रह ऐँजेरु सामाजिक यथार्थवादी कथाको रुपमा देखिन्छ।यस कथा सङ्ग्रहमा रहेका एघार ओटा कथा मध्ये एउटा कथाको शीर्षक ऐँजेरु सङ्ग्रहको नामाकरण गरिएको छ।प्रस्तुत कथा सङ्ग्रहमा वर्तमान समाजको यथार्थताको चित्रण गरेको छ।त्यस्तै कथासङ्ग्रहमा आएका कथाहरुमा समाजमा रहेको धनी गरिव बीचको विभेद,छोरा छोरीको विभेद,नारीहरुले भोग्नु परेका दुःख,पीडा र व्यथालाई विषय बनाएको देखिन्छ।माता जमुनादेवी कुँवर र पिता प्रेमबहादुर कुँवरको कोखबाट वि.स. २०३५ श्रावण १२ गते जन्मिएकी सानु गुल्मेलीको पुख्यौंली थलो पुर्कोटदह गुल्मी हो भने हालको स्थायी बसोबास प्यूठान नगरपालिका वडा नं ७ पुण्यखोलामा रहेको छ। स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएकी सानु गुल्मेली हाल क्षेत्रविकास मा.वि. पुण्यखोलामा अध्यापनरत हुनुहुन्छ।सानै उमेरदेखि साहित्य तर्फ रुची भएकी सानी गुल्मेलीले लुम्बिनी वाङ्मय प्यूठान शाखा,नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेश,साहित्य परिषद् प्यूठान,राप्ती साहित्य परिषद्,नवज्योति पुस्तकालय,नेपाल बाल साहित्य समाज जस्ता साहित्यिक संघसंस्थामा आवद्ध भएर काम गरिरहनु भएको छ।बहुमुखी प्रतिभाकी धनी सानु गुल्मेलीले कथा,कविता,गजल लगायतका साहित्यिक विधामा कलम चलाइ रहनु भएकी कुवरको"ऐँजेरु"कथासङ्ग्रहमा संकलित एघार कथा मध्ये पहिलो कथा ऐँजेरु हो । 

साहित्यकार ‘सानु गुल्मेली’को नारी पात्रहरुको मर्मस्पर्शी कथा "ऐजेरु" बिमोचन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि लगायतको टिम

समाजमा हुनेगरेका हरेक किसिमका विभेदको अन्त्य कसरी गर्न सकिन्छ भन्ने कुरा पाठकमाझ बहसको विषय बनाएको छ। समग्रमा सानु गुल्मेलीका ऐँजेरु कथा सङ्ग्रहका कथाहरु नेपाली समाजको यथार्थतालाई पस्कने विषयका कथाहरु रहेका छन्।नारी सर्जक गुल्मेलीले प्रस्तुत कथा सङ्ग्रहमा नारीका दुःख,पिडा र व्यथालाई बढी जोड दिएर प्रस्तु गरेको पाइन्छ।अन्तरजातीय विवहामा नारीले भोग्नुपरेको पिडा,निसन्तान महिलाको त्याग,छैठींमा छोरीप्रति गरिने व्यवहार,महिलाको प्रकृतिप्रतिको मोह लगायतका विषयवस्तुलाई उठान गरी नारी महिमा र महत्वलाई कथा सङ्ग्रह ले प्रष्ट पारेको छ।कथा सङ्ग्रहमा रहेका कथाहरु सामाजिक विषयमा केन्द्रित छन।
बिमोचित पुस्तक "ऐजेरु"८८ पृष्ठको कथा संग्रहमा ११ वटा कथा संग्रहमा  मनन्योग्य कुराहरु समेटिएका छन्।आवृत्ति छापाखानाले बजारमा ल्याएको कथा संग्रहको पाठक मूल्य २ सय ५० रुपैयाँ रहेको छ।बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले जिल्लाको साहित्यिक फाँटलाई मजबुत बनाउने अभिप्रायले लेखक कुवरले नयाँ इटा थपेको बताउनु भएको थियो। कुवरको यो प्रयासले आउदा दिनहरुमा अझै परिस्कृत भइ समग्र जिल्लाको साहित्य क्षेत्रमा सहयोग पुग्नेछ भन्दै यस कृतिको सफलताको लागि शुभकामना दिनुभयो।साहित्यले समाज रुपान्तरणमा सकारात्मक शन्देस प्रभाह गरेको हुन्छ।नगर प्रमुख योगिले भन्नुभयो-"प्युठानको साहित्यिक क्षेत्रको बिकासमा विभिन्न तह र तप्काका व्याक्तित्वहरुको अतुलनीय भूमिका छ ती मध्ये जिल्लाको साहित्यिक बगैचालाई मलजल गर्न कुवरले अबिराम कलम चलाइरहनु भएको छ।त्यो जिल्लाको लागि गौरवको कुरा हो। समाजमा अहिलेसम्म कयौं बिभेदहरु छ्न पिडितले सौहाद्र तरिकाले अभिव्यक्त गर्न नपाउने बाध्यात्मक अबस्था छ सोही समस्यालाई उजागर गर्ने उद्देश्यले कथा संग्रह"ऐजेरु"ल्याएको साहित्यकार तथा लेखक राजकुमारी कुवरले बताउनुभयो।'नारी जातिले आफ्नो पति र परिवारको खुसिको निम्ति सङ्घर्ष मात्र होइनन जस्तोसुकै त्याग पनि गर्नसक्छन भन्ने कुरालाई कलात्मक पाराले प्रस्तुत गरिएको छ।कुवरले,'कथा संग्रहका बारेमा भन्नुभयो,'त्यसलाई ढाल्ने सरल भाषा र सटिक प्रस्तुतीले कथा संग्रह आख्यान बन्न लायक छ।'कथा संग्रह भावी पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज हुने दाबी लेखक कुवरले गर्नुभयो।
कार्यक्रममा प्युठान नगरपालिकाका नगर उप प्रमुख देबेन्द्र वर्मा,नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल,प्युठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्य,साहित्यकार गेहराज थापा,साहित्यकार कमल पोख्रेल,रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामी,स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका स्वबियु सभापति टेकराज के.सि,पतन्जली योग समितिकि सीता गौतम,साहित्यकार देवेन्द्र रिजाल लगायतले कथा संग्रहको बारेमा चर्चा गर्नु भएको थियो।त्यस्तै बिमोचन कार्यक्रममा प्यूठान नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताउनुभयो।शुभकामना मन्तव्य दिदै वर्माले प्राचीन दर्शन,सभ्यता,संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै जिल्लामा पाण्डुलिपि जन्य पुस्तकहरु प्रकाशन गर्न सुझाव दिनुभयो।साहित्यकार माधव पोख्रेलले कथाकारको परिचय सहित कथा संग्रहको विश्लेषण गर्नुभएको कार्यक्रममा स्वागत साहित्यकार लोकेन्द्र जिसी र संचालन साहित्य परिषद प्यूठानका सचिब ध्रुव गिरीले गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै आयोजक सस्था साहित्य परिषद प्युठानकि कार्यबहाक अध्यक्ष बिमला खनालले प्रकाशित ऐजेरु"सग्रह"मा नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या,गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नु भएको बताउनुभयो।
साथै कथा सरल भएकाले जो कोहीले पढ्न सक्ने उहाँको भनाई थियो।युठान जिल्लाको साहित्यलाई उच्च कोटिको बनाउन सबैको ऐक्यबद्दता जनाउनुपर्ने उहाँको धारणा छ।