सीता बि.क
प्युठान,नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) प्युठानले सन्दीप सनारको नेतृत्वमा आज प्युठान नगरपालिका वडा नम्बर ९ स्थित बाल बिध्या मा.वि. मा कमिटी गठन गरेको छ।
सन्दीप सुनारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको अनेरास्ववियु जिल्ला सचिव प्रेम पुन मगर ले जानकारी दिनुभयो।
उपाध्यक्षमा शुरेन्द्र सुनार,वर्षा सुनार,अभिषेक सुनार,कुशुम के सि सचिवमा मनिष जि सि,सह-सचिवमा लक्ष्मी सुनार रहेका छन्।त्यस्तै कोषाध्यक्षमा विशाल सुनार रहेकि छिन् ।
तस्बिर : सन्दीप सुनारको नेतृत्वमा गठित १५ सदस्यीय बाल बिध्या माबि स्तरीय अनेरास्ववियुको टिम
त्यस्तै सदस्यहरुमा आशिष् गिरी,शितल सुनार,सुस्मिता सुनार,सोनु नेपाली,आयुष्मा के सि,अस्मिता सुनार,अनिता परियार,बिपना परियार,अनिता परियार,कबिराज गिरी,निशा रोकामगर,सरिता बुढाथोकी,जमुना सुनार,मौसम जि सि र राजेश सुनार रहेका छन् ।
नेतृत्व चयन पपस्चात आफ्नो भनाई राख्दै नवगठित कमिटीका अध्यक्ष सन्दीप सुनार
नवगठित कमिटी लाई बधाई व्यक्त गर्दै अनेरास्ववियु प्युठानका सचिव प्रेम पुन मगरले सबैखाले बिभेदमा बिद्रोह,बिकृती बिसङ्गती विरुद्धमा अनेरास्ववियुले जिल्ला भरी कमिटी गठन तथा सङ्गठन सुदृढीकरण अभियान संचालन गरि शिक्षामा रहेको खाडललाई पुर्न सम्पुर्ण विद्यार्थीहरुलाई अनेरास्ववियु मा गोलबद्द गरि अगाडि बढ्ने साथै हरेक समस्यालाई निराकरण गर्न,शिक्षा स्वास्थ्य र देशको हरेक सिस्टमलाइ परिबर्तन गर्नका निमित्त प्रगतिशील यात्रामा लम्किन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
अबको बिद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्ने भन्दै बिद्यार्थीलाई प्रत्यक्ष लाभ हुने गरि फरक सोचका साथ नेतृत्व गर्नुपर्ने उहाँको भनाई छ।
अनेरास्ववियु प्युठानले संगठन विस्तार एवम् सुदृढीकरण अभियानलाई तिब्रता दिंदै जिल्लाभर ६ वटा मा.बि बिध्यालयमा कमिटी गरिसकेको र सोही क्रममा बुधबार बाल बिध्या मा बि मा कमिटि गठन गरिएको हो। साथै जिल्लाका सबै माबी,उच्च माबी तथा क्याम्पसमा समेत सङ्गठन विस्तार गरिने अनेरास्ववियु प्युठानले जानकारी दिएको छ ।
देशको सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूको हकहित र अधिकारको पक्षमा आवाज बुलन्द बनाउदै आएको छ।
कमिटी कार्यक्रममा अनेरास्ववियु जिल्ला जिल्ला सचिव प्रेम पुन मगर र जिल्ला सदस्य प्रज्वल राउत लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्