लोप हुने खतरामा गन्धर्व जातिको गायन पेशा,सारंगीको धुनमा पहिचान खोज्दै

लोप हुने खतरामा गन्धर्व जातिको गायन पेशा,सारंगीको धुनमा पहिचान खोज्दै

सिता बि क

प्यूठान,गोर्खा मन कामना,झ्याप्पै माया लाई हाल्यौ भने त ठिक छैन जमाना’प्युठानको एरावती गाउँपालिका वडा नम्बर ५ सरङकोटका जानुके गन्धर्वले यही गीत गाउदै सारङ्गी रेट्दै गरेको ६२ वर्ष भयो।जानुकेको दुःख अझैं सकिएको छैन।उनी आफ्नो पुस्ताबाट अर्काे पुस्तामा सिप हस्तान्तरण गर्न चाहन्छन् छोरा नातिले यो पेशा गरुन् तर,छोरा नातिको चाहना भने बेग्लै छ ।गन्दर्भको सारंगी संगको साइनो पुरानो छ।यो सम्बन्ध धेरै पुस्ता पार गर्दै बाउ,बाजे हुँदै छोरा नाति सम्म आईपुगेको छ ।आफ्ना बाउ–बाजेले गाउँगाउँमा गई गित गाएरै जिविकोपार्जन गरेको प्रथालाई उनी कायम राख्न चाहान्छन्।पुर्खादेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता उनमा छ।तर उनलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिन सकेका छैनन्।सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना,मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो।त्यसवेला पैसा नभए पनि महत्व र आत्मसम्मान बेग्ले भएको जानुकेले बताए। गाउँमा सूचना र सञ्चारको पहुँच थिएन।गन्धर्वले सुनाउने घटनासँग नागरिकको चाख हुन्थ्यो।टोलमा गन्धर्व पुग्दा घटना सुन्न आउनेको तँछाडमछाड चल्थ्यो। कारुणिक गीतको सारंगी धुनमा गन्धर्वले प्रस्तुत गर्ने घटनाले सबैका आँखा रसाउँथे।‘सारंगीमा घटना सुनाउँदै जाँदा कैयौँ मान्छे रुन्थे। रुनेहरूले नै प्रभावित भएर अन्न र पैसा थप्थे,’उनले भने, ‘देशको व्यावस्था र परिवारमा गरिबीले निम्त्याएको संकट प्रत्यक्ष भोगे।व्यक्ति, समुदाय र देशको अवस्थाका गीत गाउँदै देशका विभिन्न भाग घुमे।उनका ४ भाइ छोरा र ६ बहिनी छोरी छन्।तर, कसैले पनि सारंगी बजाउन जान्दैनन् ।‘कुनै वेला ज्यान पाल्ने गतिलो पेसा अहिले ओझेलमा पर्यो,उनले भने,‘मेरा आफ्ना कुनै छोराले सारंगी बजाउँदैनन्।श्रमलाई लाजको विषय बनाएकाले पेसा पुस्तान्तरण भएन।’ बढ्दो गीत संगीत र आधुनिक प्रविधिको विकासका साथै समाजले पनि आफूहरूलाई हेयको दृष्टिले हेर्ने गरेकाले पुर्खादेखि सारंगी बजाएर जीविकोपार्जन गर्दै आएको काम ओझेलमा परेको जानुके बताउँछन् ।

तस्बिर :प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ सरङकोटका ६२ बर्षिय जानुके गन्धर्व जसले 
संकटमा पर्दै आएको गन्धर्व जातिको गायन पेशा को पहिचान सारंगीको धुनमा खोज्दै हिडेका छन् ।

उनले १० वर्षदेखि सारंगी बजाउन थालेका हुन्।उनले बाल्यकाल,युवा अवस्था हुँदै वृद्धावस्थाको जोहो सारंगीबाट गरिरहेका छन्।पिठ्युँमा अन्नको भारी र कोखमा सारंगी बोकेर महिनौँ गाउँ घुमेको अनुभव जानुके सङ्ग छ सारंगी बजाउन प्युठान सहित अर्घाखाँची,दाङ र रोल्पाका गाउँ–गाउँमा पुगेको गन्धर्व बताउँछन्।पहिले पैसाको चलन थिएन्।गाउँ–गाउँमा दिएको अन्नले गन्धर्व समुदायले परिवार चलाउँथे। त्यसवेला अहिलेजस्तै सडक थिएनन्।आर्थिक अवस्थाले गर्जो टर्दैनथ्यो। जीविकोपर्जनकै लागि सारंगी रेट्नुपर्ने बाध्यता गन्धर्व समुदायको थियो।घरमूलीले गाउँ डुलेर अन्न जुटाउँथे। परिवार त्यही आशमा बाटो कुर्थे।‘गाउँमा सारंगी बजाउनेलाई माग्ने नै ठान्थे,कहिल्यै पाक्ने कुराको ठेगान थिएन,’जानुके गन्धर्वले विगत सम्झिँदै भने।,‘त्यो जमनामा पनि बाले परिवार हुर्काए,छोरा देवराज गन्दर्भ भन्छन्,प्रविधिले पेसा खोसेको छ आफ्नो समदायको पेशा नै गुम्ने र आफुहरु बिस्थापित हुनु पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको शन्दर्भमा पुस्तैनी पेशा भनेर कसरी धान्नु।जानुके यसरी गाउँगाउँ पुगेर सारंगी रेट्ने गर्थे।तर अहिले गाउँमा सारगीं बजाउने,गाउने मानिस पाउन मुश्किल भएको छ। युवा पुस्ता सारंगी बजाउने पेशामा आकर्षित हुन नसकेको बताउछन्। सामाजिक विभेदका कारण युवा पुस्ता यो पेशामा आकर्षित हुन नसकेको उनको ठम्याई छ ।

साथै पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले युवाहरु पुरानो पेसामा व्यावसायिक बन्न नसक्नु,विदेश जान मन पराउनु,पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको सरोकारवालाहरुको बुझाई छ।

अर्का रमेश गन्धर्भले गायन पेशाबाट जिविकोपार्जन नचल्ने भएकोले आफुहरुले बढी चासो नदिएको प्रतिक्रिया दिए ।उमेरले ४६ बर्ष पुगे नियमित गन्धर्व जातिको गित गाएरै जिविकोपार्जन गर्न थालेको पनि २३ बर्ष भयो।उनी गित गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै दाङ्ग,रोल्पा र अर्घाखाँची लगायतका स्थान पुगे। त्यसैबाट परिवारको गुजारा गरेका उनको अहिले भने त्यत्ति गाउने जागर छैन।कारण हो,पेशा सम्मानजनक नहुनु। ’गाउँमा गित गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन,थोरैले घरखर्च चल्दैन ।’रमेशले भने, म’बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरेको छ।’

 

युवा पुस्ताले यस्ता परम्परागत पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको रमेश बताउछन्।“यसबाट आय आर्जन खासै छैन”,उनले भने,“यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन।”पेशा सहित दिनरात गाउँ गाउँमा हिडेपनि उचित पारिश्रमिक पाइदैन। हामिहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन।“सरकारले कुनै सहयोग उपलब्ध गराएको भए सहज हुने थियो”,रमेश भन्छन् ।

नयाँ पुस्ताले चासो नदिँदा गायन पेसा हराउँदै गएको स्थनीय गोपिलाल सुनारले भने।राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै गायन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने उनको भनाइ छ।पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हँदा युवाले उक्त पेसा छाड्दै गएको अर्का अर्जुन गन्दर्व बताउँछन्।परम्परागत रुपमा गर्दै आएको गायन पेसाबाट परिवारको खर्च धान्न गाह्रो पर्ने समस्याले युवाहरू पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनको भनाइ छ।साराङ्गी उत्पादन गर्छु भने पनि कच्चापदार्थ सङ्गै बजारको समस्या छ उनी भन्छन यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ।समाजले हेर्ने दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ।उनी भन्छन, पहिले जस्तो त खासै अपहेलना बेहोर्नु पर्दैन आफै सारङ्गी बनाउने र बजाउने हुँदा केहि रुपमा सहज छ तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफुलाई दुःख लाग्ने गरेको उनी बताउछन्।कुनैकुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्।’उनले भने,’गाउन जाँदा बचन सुन्नुपर्छ ।’सस्कार र सस्कृती भनेको दलितको मात्र होइन सिङ्गो राज्यको पहिचान सङ्ग जोडिएको हुन्छ।उनले भने पछिल्लो समय जिल्ला प्रहरी कार्यालय प्युठानले जनचेतना मुलक कार्यक्रममा आफ्नो समुदायलाई गित मार्फत सचेतना प्रदान गर्न साथमै लिएर  जाने गरेकोमा खुशी व्यक्त गर्छन्।

अर्जुनले गित गाउने मात्र होइन,सारङ्गि बनाउन पनि जानेका छन।आज अन्तर्राष्ट्रिय स्तरमै गन्धर्व समुदायको संगीत वा बाजा भनी सारङ्गी चिनिएको छ।उनले बनाएको सारंगीबाट राज्यलाई फाइदा हुने हो तर,उनीहरूको सीपलाई प्रवर्धन गर्न राज्यले चासो दिइएको छैन।अर्जुनकी छोरी अम्बिका गन्धर्भले गायन पेशाबाट जिविकोपार्जन नचल्ने भएकोले हाम्रो समुदायका युवाहरुले चासो नदिएको हुनसक्ने बताइन्।गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसहरुले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफुहरुले पनि गाउन नसिकेको बताइन।

महेन्द्र माबी खलङ्गामा कक्षा ११ मा अध्ययनरत गर्दै गरेको उनले बताईन ।बुवाको’यहि पेशाले हामि हुर्कियौँ,आफ्नो पेशा जोगाउन मन त लाग्छ।’उनले भनिन,’तर आम्दानी हुँदैन।’यदि राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफुहरु त्यसमा लाग्ने उनले बताईन । यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि सीप बिकास तालिम र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको माग छ।

पुस्तौँदेखि दलित समुदायले गर्दै आएको परम्परागत पेशामा आधुनिकीकरणसँगै राज्यले लगानी नगर्दा विस्थापित हुन पुगेको छ। दलित अधिकारकर्मी  सुनिल सापकोटाले दलित समुदायले गर्दै आएको परम्परागत पेशालाई राज्यले बेवास्ता गरेका कारण अहिले सङ्कटमा परेको बताए।उनले भने,“दलित समुदायका विभिन्न जातिले गर्ने सीपमूलक पेशा र व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा तथा राज्यलेसमेत उनीहरुको सीप पेसागत रुपमा दलितले गर्दै आएको पेशामा गैर दलितले ठुलो लगानी गरि सीप,पेशा र बजारमा कब्जा जमाउनुले युवापुस्ताको आकर्षण घटेको हो,अब यो पेशालाई जीवित राख्नका लागि यसमा राज्यले नै लगानी गर्नुपर्ने आवश्यक छ।”दलित अधिकारकर्मी सापकोटाले दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिलेसमेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको तर्क गर्छन्।सामाजिक अपमान र राज्यको समेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको दलित अधिकारकर्मी सापकोटाको भनाइ छ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले दलित समुदायको पुर्ख्यौली पेशा संकटमा पर्दै गएको तथा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्ध गन्धर्व समुदायको संगीत वा बाजा भनी सारङ्गी समेत लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै दलितको पुर्ख्यौली पेशा र हाम्रो मौलिकता दुबैलाई संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।साथै दलितहरुले गर्दै आएको पुर्खौली पेशामा गैर दलित समुदायको प्रवेश भएपछि प्रतिस्पर्धा गर्न नसक्दा दलित समुदायको पेशा सङकटमा परेको उनी बताउछन्।दलित समुदायको परम्परागत पेशामा अतिक्रमण भएकाले दलितले कसरी जीविका चलाउने भन्ने सवाल उत्पन्न भएको छ।अध्यक्ष शाह भन्छन्।गैरदलित समुदाय आर्थिक रुपमा सक्षम भएका कारण दलितहरु प्रतिस्पर्धा गर्न नसक्नु जस्ता कारणले दलितको पुर्खौली पेशा प्रति गैर दलित समुदायको आकर्षण बढ्दै गएको र पुर्खौली पेशा प्रति दलित समुदायका युवाहरुको चासो घट्दै गएकोले गाउँपालिकाले दलितका पुर्खौली पेशा प्रबर्द्धनमा योजना बनाएर अगाडि बढेको छ उनी भन्छन्।उनका अनुसार पालिका अन्तर्गत रहेका गन्दर्ब समुदायलाई सारङ्गी बनाउने र बजाउने सीप बिकास तालिम प्रदान गरि बाजारिकरणमा समेत सहयोग गर्दै आइरहेको छ।सरकाले सीप भएका दलितलाई पलायन हुनवाट रोक्न सरकारी योजना ल्याइनुपर्ने उनको कथन छ।गीतसंगीतमा सारंगीको भूमिका उल्लेख्य रहे पनि अहिले यो लोकबाजा बजाउने मानिसको अभाव बढ्दै गएको छ।सारंगी बजाउने सिप भएका गन्धर्व समुदाय राज्यको वेवास्तामा पर्दा पेशा परिवर्तन गर्न थालेका छन् ।सारंगी रेटेर गाउने गीतमा नेपाली संस्कृति र मौलिकता झल्किने गर्छ।तर बजार केन्द्रित संगीतका कारण यो सांस्कृतिक र मौलिक बाजाप्रतिको मोह विस्तारै घट्दै गएको हो।यो जातिको पुख्र्यौली पेशा लोप हुनुका कारण सामाजिक र सांस्कृतिक व्यवस्था नै बाधक देखिन्छन्।गन्धर्व कला र गलामा धनी भए पनि निश्चित भूगोल र सामाजिक परिबन्धको घेरामा परेको देखिन्छ।सूचना,संगीत र मनोरञ्जनका लागि अत्याधुनिक प्रविधिहरुको विकास हुनु र मौलिक बाध्य सामग्री प्रतिको वेवास्ता बढ्नुले गन्धर्व जाति पनि विस्तारै सारंगीबाट टाढा हुन लागेको देखिन्छ ।