राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा एक ७ बर्षीय बालकमा अचम्मको शारीरिक समस्या देखा परेको छ । त्यो समस्या अरु केही नभएर उसको लिङ्गको हो । ७ बर्षको बालकको लिङ्ग सामान्य भन्दा ४ गुणा ठूलो छ र मलद्वार सम्मै फैलिएको छ । बालकको यो अवस्था देखेर मानिसहरु अचम्ममा परेका छन ।चिकित्सकहरुले बताए अनुसार यो एक दुर्लभ रोग हो।
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बेवरेका का ७ वर्षीय बालक मौषम बि.क यस्तो रोगबाट पीडित भएकाले उनको उपचारका लागि सहयोग गर्न परिवारले अपिल गरेको छ।
बि.क को आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले दयालु मनलाई सहयोगको अपिल गरेको हो।
तस्बिर: मौषमको बुवाको यस्तो छ हातको जन्मसिद्ध समस्या
बि.क को काठमाडौं स्थित कान्ति बाल अस्पतालमा परिक्षण गरे पश्चात् आफुले यस्तो रोग हाल सम्म नदेखेको भनी अचम्मित भएका थिए। विरामी बालक बि.क को अन्कल रबिन्द्र सुनारका अनुसार अहिले भारतको चण्डीगड स्थित पिजि आई अस्पतालमा उपचार भैरहेको र बालकको उपचारका लागि १० लाख रुपैयाँभन्दा बढि खर्च लाग्नेछ। उनले आफ्ना भतिजको उपचारमा सहयोग गर्न आग्रह गरे।
मौषमका अन्कल सुनारले भतिज सामान्य अवस्थामा जन्मिएको बताए । उनले भने,दाजु जन्मसिद्धनै शारीरिक रूपमा अपाङ्ग र कोरोना काल मा ठुलो दुर्घटना बाट मानसिक अबस्था पनि गुमाउनु पर्यो,भाउजु शारीरिक रूपमा अपाङ्ग(कान नसुन्ने) हुनुन्छ।घरमा कमाउने मान्छे कोहि छैन,सामान्य अवस्थाको परिवारलाई यस्तो रोग लाग्नु र उपचारमा आफ्नो पहुँच नपुग्दा ठूलो बज्रपात परेको भन्दै दुखेसो गरे।
सहयोग गर्न चाहनेहरुले विरामी बालकको आमा रेखा सुनार (गौरी) को नाममा रहेको ज्योती बिकास बैंकको खाता नम्बर ०२५११७००४३०८६४०००००१ मा रकम जम्मा गर्न सक्नेछन्।

प्रतिक्रिया राख्नुहोस्