संविधान दिवसको अवसरमा नगर प्रमुख योगि द्वारा झन्डा उत्तोलन

संविधान दिवसको अवसरमा नगर प्रमुख योगि द्वारा झन्डा उत्तोलन


सीता बि.क
प्युठान,संविधान दिवसको अवसरमा प्युठानमा झन्डोत्तोलन गराएको छ । प्युठान नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख  बिष्णु योगि द्वारा संविधान दिवसको अवसरमा झन्डा उत्तोलन गरिएको हो।

तस्बिर :संविधान दिवसको अबसरमा झण्डा उत्तोलन गर्नुहुदै प्युठान नगरपालिका नगर प्रमुख बिष्णु योगि 


२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको योगिले बताए । राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाएका थिए ।
झण्डा फहराउदै नगरप्रमुख योगिले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताए । स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेको नगर प्रमुख योगिले दावी गरेका छन् । संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उनले बताए।नेपालको संविधान लागू भएको ९ वर्ष पूरा भएको जनाउँदै उनले लोकतन्त्र स्थापनाको लागि आफ्नो ज्यानको आहुती दिएका शहिदहरुको स्मरण गर्दै उहाँहरुको सपना पूरा गर्न सबै पक्षको भुमिका रहनुपर्ने बताए ।
तस्तै झण्डोत्तलन पश्चात् नगरपालिका कार्यालय परिषर सरसफाइ गरिएको थियो। उक्त कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र वर्मा,विभिन्न वडा वडा अध्यक्ष, कर्मचारी लगायतको उपस्थिति रहेको नगरपालिका स्रोतले जनाएको छ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष,बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र,समानुपातिक समावेशी प्रतिनिधित्व,धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ।सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।