काठमाडौं,सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका छन् ।
समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सोमबार दिउँसो हस्ताक्षरपछि सभापति थापाले दलभन्दा माथि उठेर समितिले मेहेनतका साथ काम गरेको बताए।
उनले ६६वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाउने काम समितिले गरेको बताए ।
‘अनियमितताका बारेमा छलफल गरेका छौँ ।६६ बैठक,गहन अध्यनन गरेका छौँ, तथ्य केलाउने काम गरेका छौँ,’ थापाले भने, ‘दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ ।’
आजको संसद बैठकमा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । बैठक अहिले बसिरहेको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्