विश्व रक्तदाता दिवस: १५ जनाले गरे प्युठान जिल्लामा रक्तदान

प्यूठान,विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वयमा रक्त सञ्चार केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त अवसरमा सात जनाले रक्तदान गरेको स्वयंसेवी रक्तदाता समाजका जीवन खनालले जानकारी दिनुभयो । दिवसको अवसरमा युवा संगठन नेपालले समेत आज रक्तदान गरेको छ। कार्यक्रममा १५ जनाले रक्तदान गरेको खनालले जानकारी दिनुभयो।
रेडक्रस प्यूठानले विहान आयोजना गरेको कार्यक्रममा रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामीको अध्यक्षता, प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यता र प्यूठान अस्पतालका डा. राजेन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
प्यूठानमा ०६८ बैशाख २५ गते आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना भएको हो।०७३ जेठ १५ देखि ब्लड बैंकको रुपमा सेवा थालेको सभापति पुलामीले जानकारी दिनुभयो। रक्तसञ्चार केन्द्र सञ्चालनमा पछिल्लो समय आर्थिक समस्या हुने गरेको सभापति पुलामीले बताउनुभयो ।