एमालेले लुम्बिनीका सबै पालिकामा जनसंगठन बनाउने

नेपाली जनताको आसा र भरोसाको केन्द्र केवल नेकपा एमाले मात्र भएको अध्यक्ष : राधा कृष्ण कडेल

एमालेले लुम्बिनीका सबै पालिकामा जनसंगठन बनाउने

शोभाखर पन्थी
अर्घाखाँची,नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै पालिकामा जनसंगठन बनाउने भएको छ ।नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनीको वुटबलमा सम्पन्न पूर्ण बैठकले प्रदेश भित्र रहेका सबै पालिकामा जनसंगठन निर्माण गरी व्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ । 
बैठकले नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश अधिवेशन बैशाखमा सम्पन्न गर्ने तथा अबधि पुगेका जनसंगठनका अधिवेसनहरु असार मसान्त सम्म सम्पन्न गर्ने निर्णय गरेको छ।बैठकले जनसंगठनको सदस्यता वितरणलाई तिब्रताका साथ अगाडि बढाउने,जनसरोकारका विषयमा आवाज उठाउने ,असार साउनमा व्यापक प्रशिक्षण कार्यक्रम संचालन गर्ने लगायतका पार्टी जिवनमा महत्व राख्ने बिभिन्न निर्णयहरु गरेको प्रेस चौतारी नेपालका  ईन्चार्ज मोहन चापागाईले जानकारी दिनुभयो । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली जनताको आसा र भरोसाको केन्द्र केवल नेकपा एमाले मात्र भएको बताउनु भयो । उहाँले युवा देखि बृद्ध सम्मका सबै मानिसको रोजाईमा एमाले रहेको भन्दै सबैलाई संगठित गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्रका केन्द्रीय सहजकर्ता भूमिश्वर ढकालले जनसंगठन सिर्जनशिल र गतिशील हुनुपर्ने बताउनु भयो । आजका जन संगठनका नेताले नै भोलि पार्टी हाक्ने भएकाले कार्य कुशलता र नेतृत्व क्षमता वढाएर निरन्तर संगठन निर्माणको काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले जनसंगठन पार्टीको मेरुदण्ड भएको बताउँदै पार्टी कति बलियो बन्दैछ भन्ने कुरा जनसंगठनको सक्रियताले निर्धारण गर्ने बताउनु भयो ।
केन्द्रीय सदस्य ढकालले नेकपा एमालेले मुलुकलाई असफल राष्ट्र हुन बाट बचाएको बताउनु भयो । उहाँले अघिल्लो गठबन्धनका कारण मुलुकमा धेरै समस्या सर्जना भएको भन्दै अहिले सबैक्षेत्रमा बिस्तारै आसाको किरण पैदा हुँदै गएको बताउनु भयो । 
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता र सह-संयोजक नरेश भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ,उपसचिव लिला राना,कार्यालय सचिव  कृष्ण खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
नेकपा एमालेको प्रदेश पार्टी कार्यालय बुटवलमा भएको कार्यक्रममा जनसंगठनका प्रदेश अध्यक्ष तथा पार्टीको तर्फ बाट जनसंगठन हेर्ने ईन्चार्ज एवं सह-ईन्चार्जको उपस्थिति रहेको कार्यक्रममा जनसंगठनका अध्यक्षहरुले कामको रिपोर्टिङ र आगामी योजना प्रतुत गर्नुका साथै पार्टी नेताहरुले आबस्यक सुझाव तथा सल्लाह प्रदान गरेका थिए।