राप्ती साहित्य परिषद प्युठान शाखाको ५ औं अधिबेशन सम्पन्न : स्थानीय सरकारले साहित्य क्षेत्रलाई बुझ्न सकेन बक्ताहरु

राप्ती साहित्य परिषद प्युठान शाखाको ५ औं अधिबेशन सम्पन्न : स्थानीय सरकारले साहित्य क्षेत्रलाई  बुझ्न सकेन बक्ताहरु

राम बहादुर बिश्वकर्मा
प्युठान,राप्ती साहित्य परिषद प्युठान शाखाको १५ औं साधारणसभा तथा ५ औं अधिबेशनमा उत्साहजनक जमघट भयो ।
यो अवसरमा सर्जकहरूले आफ्ना रचना सुनाए । 
शाखाका अध्यक्ष बिमला खनालले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो,शाखाले गरेको प्रगति बारे आमान्त्ररीत बक्ताहरुले खुलेरै प्रशंसा गर्नुभयो। साथै बक्ताहरुले अनुपत्पादक क्षेत्रमा लगानी गर्न सरकार तयार हुने र साहित्य क्षेत्र र यसको विकासका लागि राज्यको कुनै  सहयोग नहुनुमा गुनासो ब्यक्त गरिएको थियो।
यसैबीच बोल्ने बक्ताहरुले साहित्य समाजको ऐना हो, साहित्यको बिकास भए मात्र समाज रुपान्तरण हुन्छ,साहित्य जीवनको रचनात्मक अभिव्यक्ति भएकाले  साहित्य सँग जीवन र जगत जोडिएको हुन्छ जस्ता भनाई राखेका थिए।
दिनानुदिन साहित्य फस्टाउँदो गतिमा भएपनी सरकारले यसको बिकासमा ध्यान नदिएको गुनासो समेत ब्यक्त गरिएको थियो।
अधिबेशनमा साहित्यलाई स्थानीय सरकारले समेत अब अनिवार्य रूपमा सम्मानजनक स्थानमा महत्त्वका साथ समेट्न आग्रह समेत गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति   (उप प्रमुख) दुर्गा रेग्मीले साहित्य,कला,संस्कृतिको संरक्षण नभएसम्म कुनै पनि मुलुकको मौलिक पहिचान बन्न नसक्ने बताउनुभयो ।साहित्य क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनु आवश्यक रहेकाले साहित्य क्षेत्रको बिकासका लागि जिल्ला स्थित सबै स्थानीय तहमा समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा प्युठान नगरपालिका उप प्रमुख देवेन्द्र बर्माले निर्बाचनको समयमा भौतिक बिकास गर्छौं भनेर जनता माझ जाने र जनताको अपेक्षा पनि भौतिक बिकास मै हुनुले साहित्यको क्षेत्रमा बजेटको ब्यबस्था न्यून भएकोमा सहमति जनाउनुभयो।नगर क्षेत्रमा साहित्यको बिकासमा साथ सहयोग र समन्वय गर्दै आएको र आगामी दिनमा पनि साहित्यीका श्रष्ठाका लाही नगरपालिका साथमा रहने प्रतिबदता ब्यक्त गर्नुभयो। नेपाल पत्रकार महासघका अध्यक्ष सन्जय रिजालले पत्रकारिता र साहित्यलाई समाजको विम्ब भएको बताउनुभयो।  साहित्य मानवीय अभिव्यक्तिको उच्चतम शिल्प हो रिजालले भन्नुभयो -"जुनसुकै परिबर्तनमा साहित्य र सन्चार क्षत्रले ठूलो भुमिका खेलेको हुन्छ।" कार्यक्रममा प्रहरी नायब उपरीक्षक इश्वर थापा,परिषदका पुर्ब अध्यक्ष मोहन गिरी,कमल पोख्रेल,गेहराज थापा,स्वर्गद्वारी बहुमुखी क्याम्पस बाग्दुलाका सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,जनता मा बि बाग्दुलाका प्राधानाध्यापक ईन्द्रमणि पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
शाखाका अध्यक्ष बिमला खनालको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन राजकुमारी कुवरले गर्नुभएको थियो। 

तस्बिर: नव गठित कार्यसमिति 

राप्ती साहित्य परिषद जिल्ला शाखा प्युठानको अध्यक्षमा साहित्यकार पोख्रेल 
राप्ती साहित्य परिषद जिल्ला शाखा प्युठानको अध्यक्षमा साहित्यकार राम प्रसाद पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

नव गठित कार्यसमितिका अध्यक्ष राम प्रसाद पोख्रेल 

परिषद्को शनिबार सम्पन्न पाचौं जिल्ला अधिवेशनले राम प्रसाद पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो।जसको उपाध्यक्षमा श्याम बिष्ट,सचिवमा लोकेन्द्र जि सि,सह सचिब लक्ष्मी मगर, कोषाध्यक्षमा टिकाराम रिजाल रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा केशर सुनार,शान्ति पण्डित, भुपेन्द्र के सि,भावना पुरी,सिमाना बि.क र बिमा परियार रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष पोख्रेल लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा संलग्न रहँदै आउनुभएको छ।