राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकनमा नौबहिनी गाउँपालिकाले ९१ प्रतिशत अंक ल्याएर जिल्लामै सर्वोत्कृष्ट हुन सफल भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको सार्वजनिक गरेको सूचनामा प्युठान जिल्लाको ९ वटा स्थानीय तह मध्ये नौबहिनी गाउँपालिकाले १०० प्रतिशत मुल्यांकनमा ९१ प्रतिशत)ल्याएर लिजामा प्रथम हुन सफल भएको हो।नौबहिनि गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत शिवराज पौडेलको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९/०८० को लिजाको नतिजामा नौबहिनीले ९१ प्रतिशत अंक ल्याएर जिल्लाको उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।
त्यस्तै जिल्लाका अन्य पालिकाहरुले क्रमश सरुमारानी गाउँपालिकाले ७९,माण्डवी गाउँपालिकाले ७८.५,स्वर्गद्धारी नगरपालिकाले ७७.७५ अंक प्राप्त गरेका छन्।त्यस्तै मल्लरानी गाउँपालिकाले ७५,प्यूठान नगरपालिकाले ७४.५,ऐरावती गाउँपालिकाले ६८.५ र गौमुखी गाउँपालिकाले ६८.२५ अंक प्राप्त गरेका छन् ।
यता झिमरुक गाउँपालिकाले भने अहिलेसम्म लिजाको नतिजा सार्वजनिक गरेको छैन।नतिजा सार्वजनिक गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेपनि झिमरुकले अहिलेसम्म सार्वजनिक गरेको छैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ अनुरूप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मूल्याङ्कन गरिए अनुसार नौबहिनी गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख अर्बिन्द्र बर्माले बताउनुभयो।
उहाँका अनुसार स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन,कानुन,कार्यविधि,निर्णय प्रक्रियालगायतका कागजातको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विश्लेषण गरेर अङ्क निर्धारण गर्ने गर्दछन।ती सूचकहरुमा शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तिय एवं आर्थिक व्यवस्थापन,सेवा प्रवाह, न्यायिक कार्य सम्पादन,भौतिक पुर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन्।
स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न,विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन,आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न,विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र स्थानीय तहको बीचमा तुलना योग्य सूचकहरु तर्जुमा गरी प्रतिष्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि यो कार्यविधि ल्याइएको हो।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ बमोजिम माघको पहिलो सातासम्म नतिजा आफ्नो वेभसाईट र सूचना पाटीमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।उक्त व्यवस्था बमोजिम नतिजा प्रकाशन गर्न मन्त्रालयले पुस २७ गते परिपत्र गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्