काठमाडौँ — चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताउँदै घर पाठाएको जानकारी दिनुभयो । डाक्टर देवकोटाले भने, ‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ र नेगेटिभ देखिएको छ ।ु उनीहरुलाई अभिभावकको जिम्मा लगाएर पठाउने कार्य भइरहेको नेपाली सेनाकामेजरडा।नविन फूयाँल जानकारी दिए । घर टाढा भएकाहरु मंगलबारसम्म फर्कने मेजर फूयाँलले बताए । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड(१९ को संक्रमण नदेखिएको हो। क्वारेन्टाइनमा राखिएका नेपालीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो। उनीहरुको दोस्रो पटकको नमुना शनिबार संकलन गरिएको थियो। उनीहरुलाई ल्याउने विमानका चालक दलसहितका १८ जनाको टिममा पनि कोभिड १९ को संक्रमण नपाइएपछि हिजो नै चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन्। उनीहरुलाई भने नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।
प्रतिक्रिया राख्नुहोस्