राम बहादुर बिश्वकर्मा
प्युठान,बाल बिध्या मा बि मरन्ठाना मजुवाको सामाजिक परिक्षण तथा अभिभावक भेला सम्पन्न गरिएको छ।
विद्यालयको हरेक गतिविधिलाई पारदर्शी र सरोकारवालालाई विद्यालयप्रति उत्तरदायी बनाउने उद्देश्यले आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण तथा अभिभावक भेला आयोजना गरिएको हो।
प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी बिकास के सि ले गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासमा अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन अभिभावक लाई आग्रह गर्नुभयो। विद्यालय निर्माणमा शिक्षक,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ तथा प्र अ को मात्र जिम्मेवारी नभएर अभिभावकको बढी भूमिका हुनुपर्ने वताउनुभयो।
त्यस्तै बिध्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष कर्णध्वज के सि ले शिक्षकलाई सम्मान र प्रोत्साहन गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताउनुभयो।
कुनै व्यक्तिले शिक्षा पायो भने त्यसको फाइदा उक्त व्यक्तिलाई मात्र होइन,समाज र राज्यलाई पनि हुन्छ। शिक्षा व्यक्तिगत होइन सामाजिक वस्तु हो। त्यसैले शिक्षकलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ उहाँले भन्नुभयो-"शिक्षा स्थिर होइन,गतिशील र परिवर्तनमुखी हुने भएकाले समयसापेक्ष ढंगले शिक्षालाई अघि बढाउन र प्रविधि अनरूप शिक्षण विधि र सिकाइका तौरतरिका पनि बदलिँदै आउनु अहिलेको आबश्यकता हो।"
त्यस्तै कार्यक्रमा बोल्दै वडा नं १० का वडा अध्यक्ष लोक बहादुर के सि ले बिध्यालयको भौतिक र शैक्षिक बिकासका लागि आफू सदैव तयार रहने बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रअ केशु गिरीले सामाजिक परीक्षणको अवधारणा,यसको सान्दर्भिकता र विधि/प्रक्रियाबारे प्रष्ट पार्दै आगामी दिनमा आम सरोकारवालाहरुको सहयोगमा विद्यालय बनाउन सकिने कुरामा जोड दिनुभयो।
बुद्धिजीवी धुर्ब जि सि ले विद्यार्थीको इच्छा,क्षमता र प्रकृति अनकूल पठन पाठनको व्यवस्था हुन सकेमा शैक्षिक गुणस्तर कायम हुन सक्ने बताउनुभयो।
शिक्षकहरुको पेशागत प्रतिबद्धता,विद्यार्थीसहित सबै सरोकारवाला पक्षहरुको शिक्षा प्रणालीमा अर्थपूर्ण सहभागिता हुनुपर्ने जि सि को भनाई छ।
विद्यालयका अध्यक्ष नेहर सिंह के सि ले बिध्यार्थिको पठनपाठनमा दृढ भई लाग्ने जिम्मेवारी शिक्षकको रहने भन्दै अन्य ब्यबस्थापनको जिम्मेवारी बिध्यालय ब्यबस्थापन समितिको भएकाले आफ्नो कार्यकालमा बिध्यालयको भौतिक बिकास लगायतका पक्षमा आफू अनबरत लागिपरेको बताउनुभयो।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बासु के सि ले विद्यालयको आय व्यय तथा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो।
भने कार्यक्रमको सन्चालन शिक्षक रमेश गिरीले गर्नुभएको थियो। ।

प्रतिक्रिया राख्नुहोस्