मङ्गलबारदेखि बेपत्ता जिवनको खोजी गरिदिन परिवारको अपिल

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको मरन्ठानाबाट एक ब्यक्ति बेपत्ता भएका छन्।
३३ बर्षिय जीवन के सि नाम गरेका प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना धगे  आफ्नै घरबाट हराएको उनको परिवारले जनाएको छ ।
करिब ५ फिट ४ इन्च उचाई,गहु गोरो,केहि लामो कपाल,साधारण कालो,कालो टिसर्ट, हाल्फ जिन्सको पैन्ट,सेतो चप्पल  लगाएका के सि गत मङ्गलबार २ गते बिहान १० बजेतिर आफ्नै घर वरपरबाट हराएकोले‌ देख्नुहुनेले दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
उनी अस्वस्थ रहेकोले परिवारका सदस्यहरु चिन्तित छन्। त्यसकारण उनीहरुले खोजीकार्यमा सहयोग गरिदिन अपिल गरेका छन्।यसबारेमा प्रहरीमा पनि खबर गरिसकिएको छ।
उनलाई अन्तिमपटक प्युठान नगरपालिका वडा नम्बर ८ गेजबाङ्गमा देखिएको थियो ।

देख्नुहुनेले यस नम्बरमा सम्पर्क गरिदिनुहोलाः   

९८४४९०९२४४,९८४४९५६८८८