राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका ८ बाग्दुलाका एक दम्पतीले आफ्नो छोराको जन्मदिन बेसहारा बालबालिकाको साथमा मनाएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका प्रमुख चुमानसिह गिरी र शिक्षिका भाग्यश्री के सि ले आफ्नो छोरा दर्पण गिरी को बुधबार परेको जन्मदिनमा तामझाम र भोजभतेरमा खर्च नगरी मुक्ति माबी रातामाटामा रहेको बेसाहरा बालबालिका लाई फलफुल बितरण र पाच हजार पाच सय रुपैयाँ प्रदान गर्नुभएको हो।
जन्मदिनमा होटल तथा रेस्टुरेण्ट तामझाम सहितको भोजभतेर गरेर अनावश्यक खर्च गर्नुभन्दा विपन्न तथा असहायहरूका लागि समाज सेवा गर्दा पुण्य मिल्नुका साथै आत्मसन्तुष्टि पनि मिल्ने भएकाले आफूले भोजभतेर नगरि बेसाहरा बालबालिकालाई थोरै भएपनी सहयोग गरेको दर्पणको आमा भाग्य श्री के सि ले बताउनुभयो।
छोराले बृद्ध आश्रम मा मनाउने भन्थ्यो। उहांँले भन्नुभयो -"आफु एक शिक्षक भएको नाताले समाजमा सकारात्मक सन्देश जाओस् र अरुलाई पनि प्रेरणा मिलोस् रमाइलो गर्लान भन्ने उदेश्यले एक दिन भएपनी बेसहारा बालबालिकाको अभिभावकत्व ग्रहण गरेको बताउनु भयो।
पछिल्लो पुस्तामा जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति मुक्ति माबिका बेसाहरा बालबालिका बालबालिकासँग छोराको जन्मदिन मनाइएको के सि को भनाइ थियो।
थोरै भएपनी सहयोग पाउँदा उनीहरूको मुहारमा देखिएको खुशीले आफूलाई आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो।
छोराको यो पबित्र दिनमा आफ्नो तर्फ बाट यो सानो सहयोग गर्दा आफ्ना छोरा जस्तै धेरै छोरा छोरीहरु खुसी भएको भन्दै आगमी दिनहरुमा पनि यसरी नै बेसहारा बालबालिकामा सहयोग लिएर आउने प्रतिबद्दता समेत उहाँले ब्यक्त गर्नु भएको छ।
त्यस अवसरमा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिका प्रबक्ता सुमन श्रेष्ठले जन्मदिनमा बेसहारा बालबालिकालाई फलफूल बितरण र आर्थिक सहयोग कार्य गर्नु असल कर्म भएको भन्दै दर्पणका आमा र बुवा दुवै जनालाई धन्यवाद तथा छोरा दर्पण लाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले तिनै जनाको असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप टेवा पुगेको बताउनुभयो। यसरी जन्मदिनमा गरिएको असल कर्मले अशक्त बालबालिकालकालाई असल मार्गमा लैजाने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्