स्थानीय उत्पादन,श्रम,सीप र कच्चा पदार्थको प्रबर्द्धन आबश्यक छ: नगर प्रबक्ता श्रेष्ठ 

स्थानीय उत्पादन,श्रम,सीप र कच्चा पदार्थको प्रबर्द्धन आबश्यक छ: नगर प्रबक्ता श्रेष्ठ 

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ,स्रोत साधनलाई अधिक परिचालन गरी उद्दमी बन्न आग्रह गर्नुभएको छ।
प्युठान नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत वडा नम्बर १ खैरामा ८ दिने ब्यबसाय सचेतना शुरु तथा लैङ्गिक समानता(उद्यमशीलता विकास तालीम) को समापन कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो।  
आय आर्जन र रोजगारी विस्तार गर्न विशेष ध्यान दिनुपर्छ”, प्रबक्ता श्रेष्ठले भन्नुभयो,“स्थानीय उत्पादन,श्रम,सीप र कच्चा पदार्थमा आधारित उद्यम सञ्चालन गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न नगरपालिका साथमा छ।”
उहाले भन्नुभयो,‘उद्यमशीलता विकासका लागि धेरै नीतिगत व्यवस्थाहरू भएपनि मानसिकतामा परिवर्तन ल्याएर साँच्चिकै काम गरौं भनेर उत्प्रेरित नभएसम्म त्यसले परिणाम दिन सक्दैन ।’
उहाँले साँच्चिकै काम गर्न चाहाने कोही पनि बेरोजगार बस्नुनपर्ने उल्लेख गर्नुभयो। ‘वास्तवमा,सााँच्चिकै काम गर्न चाहाने हो भने कोही पनि बेरोजगार बस्नुपर्दैन तर हाम्रा युवामा सस्तो र सजिलो पैसाको खोजीमा देखिन्छन् । यो मानसिकता परिवर्तन गरी सानोतिनो स्वरोजगारमूलक व्यवसाय गरी त्यसलाई विस्तार गर्दै जानुपर्छ,’उहाँले भन्नुभयो।आम युवाहरूसँग भएको आइडिया (सोच)लाई परियोजनाको रूपमा विकास गर्न आबश्यक छ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्युठानका सदस्य निर्मला पोख्रेलले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठीन हुने बताउनुभयो।
उहाँले महिलाहरु आर्थिक रुपमा अरुसँग निर्भर हुनु पर्दा पछाडी परेको बताउँदै स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो।
‘आर्यआर्जनको लागि व्यावसायिक बन्न आग्रह गर्दै पोख्रेलले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुँदासम्म हिंसामुक्त समाज बन्न नसक्ने बताउनुभयो ।
कार्यक्रमका स्रोत ब्यक्ति तथा आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि सि ले तालीममा सिकेको सीप लाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो।
गरिवी निवाराणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत व्यवशाय सचेतना सुरु तथा लैङ्गिक समानता तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
८० जना नयाँ लघु उद्यमी सृजना र ४० जना स्तरउन्नति गर्ने उद्देश्य नगरपालिकाको छ। जसका लागि अव छिट्टै बिभिन्न प्राबिधिक सिप बिकास तालिम प्रदान गरिने उद्यम विकास सहजकर्ता शारदा बिश्वकर्मा बताउनुभयो।
व्यवसाय सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यका साथ संचालन गरिएको तालिममा स्थानिय स्तरमा कच्चा पर्दाथको उपल्बधता के कस्तो छ,व्यवसाय संचालन गर्दा कस्ता कस्ता कुरामा ध्यान दिनु पर्छ,उत्पादित बस्तुको बजार कहाँ हो भन्ने विषयमा प्रशिक्षण गरिएको थियो। यस्तै ग्राहकको आबश्यक्ता के हो,माग के छ,व्यवसाय संचालन गर्नु भन्दा पहिले के के आबश्यक पर्दछ,नाफा,घाटा के हो ब्यवसायिक योजना के हो,कसरी तयार गर्ने जस्ता बिषयमा तालिम प्रदान गरिएको बिश्वकर्माले जानकारी दिनुभयो ।
प्युठान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष साजना रावतको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गर्नुभएको थियो।