झिमरुकमा प्रेस चौतारी नेपालको गाउँ कमिटी गठन अध्यक्षमा मुक्त नगरकोटी 

झिमरुकमा प्रेस चौतारी नेपालको गाउँ कमिटी गठन अध्यक्षमा मुक्त नगरकोटी 

सीता बि.क
प्युठान,नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको झिमरुक गाउँ  कमिटी गठन भएको छ । 
शनिबार मच्छिमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रमले समितिको अध्यक्षमा मुक्त नगरकोटिको नेतृत्वमा १३ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।कमिटीको उपाध्यक्षमा स्नेहा के सि,सचिब बुद्धि खनाल, कोषाध्यक्ष बिमला पोख्रेल रहनुभएको छ।यस्तै सदस्यहरुमा बिपिन पौडेल,शर्मिला गिरी,अस्मिता पोख्रेल,बिन्दु पौडेल,राजु थापा क्षत्री,शुनिल खनाल,कपिल जि सि,सुरज थापा मगर र प्रतीक्षा पुन चयन भएका छन। त्यस्तै सल्लाहकारमा दिपेन्द्र सुनार रहनुभएको छ।नव निर्वाचित कमिटिका अध्यक्ष  मुक्त नगरकोटिले आफ्नो कार्यकालमा झिमरुक गाउँपालिकामा गठन भएको कार्यसमितिलाई नमुना संगठन बनाउन आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रेस चौतारी नेपालका जिल्ला शाखा प्युठानका सचिब राम बहादुर बिश्वकर्माले समाजको समग्र बिकासमा पत्रकारिताको भूमिका अहम् रहेको बताउनुभयो ।
पत्रकारहरुको पेशागत हक,हित,मर्यादा र वृत्ति विकासको लागि पृथक संगठन प्रेस चौतारी नेपाल जतिबेला पनि अग्रस्थानमा रहेको भन्दै पत्रकारिताको आचारसंहिताको मातहतमा रहि पत्रकारिता गर्न नव गठित कार्यसमिति लाई बिश्वकर्माले आग्रह गर्नुभयो।झिमरुक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा नेकपा एमाले झिमरुक गाउँपालिका कमिटिका सचिब धुर्ब खनालले मातृ संस्था नेकपा एमालेको नीति सिद्धान्तलाई आत्मसात गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पुर्याई वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीति मिसन ग्रासरुट अभियानलाई सञ्चारमाध्यम मार्फत आम सर्वसाधरणमा पुर्याउन प्रेस चौतारीको भुमिका महत्वपूर्ण हुने बताउनुभयो।पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्ने भन्दै उहाँले भन्नुभयो-"पार्टीका २१ संगठन छन्। त्यसमध्ये प्रेस चौतारी अब्बल हुनुपर्छ।"
शाखाका सदस्य दिपेन्द्र सुनारको अध्यक्ष बाट सुरु भएको कार्यक्रमको सन्चालन सीता बि.क ले गर्नुभएको थियो।