राम बहादुर बिश्वकर्मा
प्युठान,नयाँ बर्ष २०८० को अवसरमा प्युठानमा फुड फेस्टिवल आयोजना गरिने भएको छ ।मल्लरानीको पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय परिकारहरुलाई प्रबर्दन गर्नका लागी प्युठान उद्योग बाणिज्य संघ खलंगा बजार क्षेत्रको आयोजनामा यहि चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म फेस्टिवल आयोजना गर्ने भएको हो ।
मल्लरानी गाउँपालिका भित्रका प्रचुर संभावना बोकेका पर्यटकिय क्षेत्रको डकुमेन्ट्री प्रदर्सन र स्थानीय परिकार पस्कने प्यूठान उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष इमानसिह भारतिले जानकारी गराएका छन।
‘खासगरी नयाँ बर्षमा भ्रमण गर्न आउने पर्यटक हरुलाई फेस्टिबलले फुड अवारनेस गर्नेछ,’ बुधबार मल्लरानिमा गरिएको पत्रकार सम्मेलनमा भारतीले भने ।
महोत्सवबाट नाफा कमाउने उदेश्य नभएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष एवम् संयोजक बासुप्रसाद श्रेष्ठले बताए ।
फेस्टिवलमा १ करोडको कारोबार हुने र करिब २५ हजारले अबलोकन गर्ने आयोजकले जनाएको छ।
मल्लरानीमा कालोपत्रे सडक,चिल्ड्रेन पार्क,खानेपानी,जीपलाईन लगायतका पुर्वाधार निर्माणका योजना अघि बढेको छ ।
यो क्षेत्रको समृद्धिका लागि पर्यटनको विकास नै एकमात्र हतियार भएकोमा यहाँका राजनीतिक दल,सरकारी र निजी क्षेत्रको निष्कर्ष छ ।
प्रतिक्रिया राख्नुहोस्