सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले नगरबासी लाई उद्यमशिल बन्न चाहने कुनै पनि नगरवासीले अब खुम्चिएर बस्नु नपर्ने बताउनुभयो।
उत्पादनका क्षेत्रमा जोड्न योजनाबद्ध रूपमा व्यवसायिक सीप विकास तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ वर्माले भन्नुभयो -"नगरबासी लाई उत्पादनमा जोड्ने योजना नगरपालिकाले अघि सारेको छ,उद्यमशिल बन्न चाहने कुनै पनि नगरवासीले अब खुम्चिएर बस्नुपर्दैन।
प्युठान नगरपालिकाको आयोजनामा गरीबि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत वडा नम्बर ३ रातामाटा मा ८ दिने उद्यमशीलता बिकास तालीमको उद्घाटन गर्दै उपमेयर वर्माले यस्तो बताउनुभएको हो।
त्यस्तै प्युठान नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले उद्यमशिल विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो।
उद्यमशिलताले मानिसलाइ सफल बनाउने भन्दै वडाबासी लाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक गराउन आफुले विशेष जोड दिएको उहाँको भनाई छ।
तालीममा सक्रियताका साथ सहभागी हुन प्रशिक्षार्थिलाई आग्रह गर्दै उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले उद्यमसिलता तालिम पश्चात् सीप बिकास तालिम प्रदान गरिने भन्दै स्थानीय स्रोत र साधनको प्रयोगबाट नै स्थानीय स्तरमा राम्रो लाभ लिन सकिने बताउनुभयो ।
‘कुनै पनि व्यक्ति फुर्सदमा बसेर कहिलै पनि प्रगती हुँदैन,आफ्नै गाउँठाउँमा सम्भावनाहरुको खोजि गरेर हाम्रै वरिपरि रहेका श्रोतसाधनलाइ उपयोग गरेर उद्यम संचालन गर्न सकियो भने मानिस उद्यमशिल संगै सफल पनि बन्न सकिन्छ।’ बिश्वकर्माले भन्नुभयो।
२३ जना सहभागी रहेको उक्त तालिम फाल्गुन १० गते सम्म चल्ने आयोजकले जनाएको छ
प्रतिक्रिया राख्नुहोस्