व्यवसायीक सचेतना तथा सुरु तालिम सम्पन्न,उद्यमशील बन्न प्रशिक्षार्थी उत्साहीत

व्यवसायीक सचेतना तथा सुरु तालिम सम्पन्न,उद्यमशील बन्न प्रशिक्षार्थी उत्साहीत

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका महिलाले उद्यमशीलता तालिम पाएसँगै उद्यमशील बन्नको लागि उत्साहित भएका छन्।तालिमले सफल उद्यमी बन्न अभिप्रेरित गरेको भन्दै उनीहरूले तालिममा पाएको सीप र शिक्षालाई व्यवहारमा उतार्ने जनाएका छन् ।प्युठान नगरपालिकाको आयोजनामा सञ्चालन भएको वडा नम्बर १ सालघारिमा  गरिबी विवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् ८ दिने उद्यमशिलता तालिम र एकदिने लैंगिक  समानता तालिमले यहाँका महिला व्यवसायतर्फ उन्मुख हुन अभिप्रेरित भएका हुन् । 
‘तालिमले महिलालाई सफल उद्यमी बन्न अभिप्रेरित गरेको छ’ तालिममा सहभागी सङ्गिता नेपालीले भन्नुभयो– हामिहरु सिप सिकेर उद्यमशिल बन्नको लागि अभिप्रेरित भएका छौं ।तालिम पाए सङ्गै हाम्रो बन्द आँखा लाई खोलिदिएको अनुभुति भएको छ।"तालीम समापन कार्यक्रमको प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले लैङ्गिक हिंसा र विभेदको अन्त्यका लागि आर्थिक रुपान्तरण अबको गन्तव्य हुनुपर्ने बताउनुभयो। 

महिलाहरुले आर्थिक रुपमा सशक्त र स्वाबलम्ब भएर जीवनयापन गर्न सक्ने हुनुपर्छ उहाँले भन्नुभयो-"सीप र दक्षताको अभावमा महिलाले विभिन्न उत्पीडन सहन बाध्य भएको भन्दै महिलाले क्षमताको बिकास गर्दै स्वरोजगारी तथा रोजगारी प्राप्त गर्न सकेमा पारिबारिक तथा सामाजिक विभेद र हिंसा अन्त्यका लागि  आन्तरिक र आर्थिक सशक्तिकरणमा जुट्नु अपरिहार्य छ।"नगर प्रमुख योगिले उद्यमशीलता,व्यवसाय प्रवर्धन,रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले विभिन्न कार्यक्रम  सञ्चालन गर्दै आएको समेत जानकारी दिनुभयो। 
त्यस्तै नगर प्रबक्ता तथा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले तालिम तालिममा मात्र होइन व्यबहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै उद्यमशिलता बिकास तालीम स्वरोजगार सङ्गै रोजगारी सृजनामा केन्द्रित भएको बताउदै उहाँले उद्यमशिलता तालिम पश्चात् सहभागीले जीवन उपयोगि सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
सिप भएको व्यक्ति संसारको जुनसुकै ठाँउमा काम गर्न सक्ने भएकाले तालिममा सिकेका कुरा लाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो।तालिममा यहाँका महिलालाई व्यवसायको अवधारणा, अवसरको पहिचान,प्रतिस्पर्धी बजारीकरण तथा व्यवसाय छनोट गर्ने तरिका सिकाइएको प्रशिक्षक सीता बि.क ले बताउनुभयो । 
उहाँका अनुसार सहभागीलाई उद्यमी कसरी बन्ने,उद्यमी बन्नको लागि स्रोतसाधन के के छन् र हामीले के व्यवसाय गर्न सक्छौ,उत्पादकत्व अभिवृद्धि गर्ने तरिका, व्यावसायिक योजना,लागत तथा बिक्री मूल्य र व्याविसायकरण सम्बन्धी पनि ज्ञान दिइएको प्रशिक्षक बि.क ले बताउनुभयो।नगरपालिकाले प्रथम चरणको कार्यक्रम अन्तर्गत वडा स्तरीय अभिमुखीकरण,पिआरए अन्तर्गत सामाजिक नक्सांकन र स्रोत सर्वेक्षण गर्ने गरेको छ।
दोस्रो चरणको कार्यक्रम अन्तर्गत उद्यमशिलता विकास गराउने उदेश्यले व्यवसाय सचेतना तथा व्यवसाय शुरु तथा लैङ्गिक  समनता तालिम प्युठान नगरपालिका का वडा नं १ सालघारीका २२ जना स्थानीयबासीहरुलाई छनौट गरी विभिन्न लद्यु उद्यम विकासमा नयाँ लद्यु उद्यमी सृजना गरी पहिलो चरणको तालिम सम्पन्न गरिएको उद्यम विकास सहजकर्ता बिश्वकर्माले बताउनुभयो ।प्युठान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष साधना रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक सीता बि.क,राष्ट्रिय लघु उद्यमि महासघकी केन्द्रिय महासचिव धनी दमाई,समाजसेवी हरि बि एम लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।