दलित मुक्तिका लागी दलितहरु नै साझा साधारण बनाई एकताबद्ध हुनु आबस्यकता छ : बि.क

दलित मुक्तिका लागी दलितहरु नै साझा साधारण बनाई एकताबद्ध हुनु आबस्यकता छ : बि.क

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बि क ले दलित मुक्तिका लागि सवै पक्षको सहकार्य र एकताबाट मात्र रुपान्तरण सम्भव भएको बताउनुभयो ।

कुनै पनी दलितका मुद्धामा साझा साधारण बनाई एकताबद्ध हुनु पर्ने आजको आबस्यकता छ उहाँले भन्नुभयो -" विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनहरु तथा नागरिक समाज र संस्थाहरु, जो दलित समुदायमाथिको उत्पीडन र छुवाछूतको समूल अन्त्य, आत्मसम्मान, स्वाभिमान र समानता चाहन्छौं तिनी सवैले आआफ्नो क्षेत्रबाट जे-जति गर्न सक्छौं अब हामी यसरी नै एकताबद्द हुन आबश्यक छ।"
साथै बि क ले निस्वार्थ भावनाका साथ दलित मुक्ति आन्दोलनमा लागेकाले आफुलाई शंका नगरी साथ दिन जिल्लाका दलित अगुवामा अनुरोध समेत गर्नुभयो ।
उत्पीडनका विरुद्ध ‘सवैका लागि लड्यौं पटकपटक, दलित मुक्तिका लागि लडौं एकपटक’ भन्ने नारासहित हाम्रा दलित नेताहरुको अगुवाईमा आयोजना गरिएको भर्चुअल बैठकमा बि क ले यस्तो बताउनुभएको हो।

सदियौदेखिको शोषण र उत्पीडनबाट मुक्ति चाहने राजनीतिकर्मीहरु, पेशागत समुह तथा ब्यवसायीहरु, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु तथा प्रवुद्ध वर्गहरु, कर्मचारी तथा पत्रकारहरु र दलितका पक्षमा प्रत्यक्ष तथा अप्रत्यक्षतवरबाट कार्यक्रम सञ्चालन गर्ने गैरदलित मित्रहरु, दलितका पक्षमा लेख्दै र बोल्दै आउनु भएका आम वुद्धिजीवि तथा राजनीतिक कार्यकर्ताहरु, युवा समुहहरु, सांस्कृतिक कर्मीहरु र विदेशी शुभचिन्तकहरु प्रति एकताबद्ध हुनुपर्ने दलित अगुवाहरुले बताए। 

त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ अकोराबका केन्द्रिय उपाध्यक्ष भुवन सिहले केही अगुवा भन्नेहरुले दलितको नाम बेची आफु माथी जाने स्वार्थको काम गरेका उदाहरण दिदै नेपालको सामाजिक-राजनीतिक आन्दोलनको चरित्र ‘जो अगाडि लाग्यो उसैले भाग खायो’ भन्ने किसिमको छ । दलित आन्दोलनले पछाडि परेका आफ्नै समुदायका ब्यक्तिलाई साथमा लिएर जानुपर्ने भन्दै सुनारले भन्नुभयो -"दलित आन्दोलनले आफ्नो वर्ग र समुदायको मात्र नभएर मुलुकमा विद्यमान सबै प्रकारका विभेद र उपेक्षाको अन्त्य गर्ने अभियानको नेतृत्व गर्नुपर्छ।" 
गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुल्सा सुनारले हरेक क्षेत्रमा दलितलाई अगाडी बढ्न दिइदैन ,आफुहरु कुनै पदमा पुगिहाले पनि बिभेद नै गरिन्छ, आफू गाउँपालिका उपाध्यक्ष हुँदाकयौं धम्की,अपहेलना गर्ने गरेको उदाहरण समेत व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो -"म जस्तो सार्बजनिक पद धारण गरेको ब्यक्तिलाई यस्तो छ भने  झन  अरु दलितको अबस्था कस्तो होला।

उद्यम बिकास सहजकर्ता संघ केन्द्रिय कोषाध्यक्ष शान्ता बिकले दलित माथी भए गरेका समस्या र उत्पिडनको समिक्षा गर्ने मात्र होइन अव सशक्त र परिणाममुखि आन्दोलन गरि नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्ने भन्दै बि क ले भन्नु भयो।-"जिल्लामा दलितको क्षेत्रमा भएका बिकास निमार्णको प्रभावकारीता तथा उपलब्धीलाई अनुगमन गरी दिर्घकालिन बिकासमा संस्थागत गर्दै दलितलाई  नेताका झण्डा र डण्डा बोक्ने मात्र होईन, कोठा भित्र ताली ठोकिदिने पात्र बनाउने होईन, कुशल नेतृत्व गर्ने र समग्र दलित समुदायलाई एउटै छातामुनि बसेर संगठित हुने बाताबरण निर्माण गरिदिनु पर्छ ।"
त्यस्तै पत्रकार लोकेन्द्र सुनार,दलित अगुवा शंसेर नेपाली, प्रबिण बि क लगायतले सयुक्त राजनैतिक दलित संघर्ष समिति प्यूठानलाई अझै मजबुद बनाउनुपर्ने शुझाव दिनुभएको थियो।