बुटवल,सत्ता साझेदार दलहरु नेकपा एमाले र माओवादीबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएको छ । आज आइतबार बसेको सत्ताारुढ दलहरुको वैठकमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेललाई दिने सहमति भएको स्रोतले दावी गरेको छ । एमालेले सरकारको नेतृत्व पाउंदा लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने छन् । उनी संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दावी गरेको थियो । सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ । जसमा गण्डकीमा पनि एमालेले सरकार बनाउने छ। वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ
Tags :
सम्बन्धित खवर
झिमरुकमा बाम गठबन्धनको अग्रता
३ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्