राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले सहकारीले बचत र कर्जा लगानी मात्र गर्ने होइन अबका दिनमा उत्पादनतर्फ लाग्नुपर्ने बताएका छन।
प्युठान नगरपालिका वडा नम्बर –९ स्थित उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा तथा पाचौं अधिबेशनको उद्घाटन गर्दै प्रबक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।
आर्थिकरुपमा परिबर्तन ल्याउन र स्वरोजगार बन्नका लागि सहकारी उपयुक्त माध्यम भएको बताउदै उनले सहकारीमा संस्थागत सुशासन,व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए।
नगरपालिकाले उत्पादनको आधारमा अनुदान नीति ल्याएको बताउँदै नगरले व्यवसाय प्रवर्धन कोषका लागि ५२ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
सहकारीलाई उत्पादनमुलक कार्यमा अघि बढाउनका लागि सहकारी सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न समेत सहयोग गर्ने श्रेष्ठको भनाई छ।
२०६३ सालमा २५ जना सदस्यबाट १२ हजार ५०० शेयर पुँजी संकलन गरी कारोवार शुरु गरेको संस्थाले १६ औं वर्ष पूरा गर्दा सदस्य संख्या ६ सय ३ जना र शेयर पुँजी १ करोड ६७ लाख ३ सय रुपैयाँ तथा बचत १ करोड ६९ लाख ३ सय १० रुपैयाँ पुगेको कार्यक्रममा जानकारी दिइयो ।
त्यसैगरी संस्थामा २ करोड ६८ हजार ७ सय ३ रुपैयाँ कोष जम्मा भएको छ भने खुद नाफा १० लाख २८ हजार ३९ रुपैया रहेको कोषाध्यक्ष राधा जि सि द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष बोम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा बिश्वकर्माले स्वागत गरेकि थिइन भने सचिब सिताराम घर्ती मगरले सञ्चालन गरेका थिए ।
अधिवेशनले राधा जि सि को नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ।समितिका उपाध्यक्षमा पुर्ण बहादुर भण्डारी,सचिवमा सिताराम घर्तिमगर, कोषाध्यक्षमा शारदा बिश्वकर्मा छन। त्यस्तै सदस्यमा बल बहादुर राहु,कृष्ण बहादुर जी सि,मेघ बहादुर के सि,सुर्य बहादुर के सि, खिम बहादुर भण्डारी सेमि थापा मगर, शुसिला बि.क रहेका छन ।
त्यस्तै सल्लाहकार दिन बहादुर भण्डारी,डोर बहादुर जि सि,बोम बहादुर भण्डारी रहेका छ्न भने प्रकाश के सि को संयोजकत्वमा कृष्णा जि सि,गन बहादुर के सि र कृष्ण बहादुर खडकाको संयोजकत्वमा गोमता के सि र बुद्धिराज पण्डित रहेका छन।




प्रतिक्रिया राख्नुहोस्