जि सि दुई दाजुभाईको संयुक्त लगानीमा प्युठानमा "निमतारा पोलिक्लिनिक" संचालनमा

 जि सि दुई दाजुभाईको संयुक्त लगानीमा प्युठानमा "निमतारा पोलिक्लिनिक" संचालनमा

राम बहादुर बिश्वकर्मा
प्युठान,दुई दाजुभाईको लगानीमा प्युठानमा पोलिकिल्निक  सञ्चालनमा आएको छ।
झिमरुक गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका  डाक्टर सुबास जि सि र डाक्टर प्रकाश जि सिको संयुक्त लगानीमा प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवारमा निमतारा नामक पोलिक्लिनिक सञ्चालनमा आएको हो। यस क्षेत्रका नागरिकको स्वास्थ्य स्थितिमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले झण्डै ६० लाखको लागतमा उक्त पोलिक्लिनिक  संचालनमा ल्याएको पोलिक्लिनिकका संचालक सुवास जि सि ले जानकारी दिनुभयो।जि सि का अनुसार पोलिक्लिनिक बाट प्रत्येक दिन एमविविएस,एमडी,डाक्टर सहितको ओपिडी तथा इमेरजेन्सी सेवा दिने र भिडियो एक्सरे, गुणस्तरीय फार्मेसी सेवा,विशेषज्ञ सेवा,इसिजी, हाडजोर्नी तथा मानसिक रोग,नाक,कान, घाँटी तथा टाउँको सम्बन्धी रोगको उपचार,छाला,यौन रोग, प्रेसर,सुगर,थाइराइड तथा बाथ रोग,छाती,कलेजो, मुटुरोग तथा पेट सम्बन्धी रोगको उपचार,डिजिटल एक्सरे, अत्याधुनिक प्याथोलोजी सेवा,बाल रोग तथा महिला रोग सम्बन्धीको उपचार र माइनर अप्रेसन लगायतको उपचार हुने छ ।
साथै निमतारा पोलिक्लिनिक खोल्नुको मुख्य उद्देश्य जिल्लाका बिरामीहरुलाई बाहिरी जिल्ला जान नपरोस् भन्ने रहेको अर्का संचालक प्रकाश जि सि ले बताउनुभयो । प्युठान बासिलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन सकौं भन्ने उद्देश्यका साथ हामीले यो पोलिक्लिनीक संचालनमा ल्याएको  जि सि को भनाई छ।पोलिकिल्निक सुभारम्भको अबसरमा आश्बिन ५ गते देखि आश्बिन १० गते सम्म बिरामी जाचसेवा निशुल्क रहेको र ल्याब सेवामा १० प्रतिशत छुट गरि स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ।
डाक्टर सुबास जि सि ले चीन बाट एमडी गर्नुभएको छ भने डाक्टर प्रकाश जि सिले बङ्गलादेश बाट एम्बिबिएस गर्नुभएको छ। दुई दाजुभाईले बुवा निमानसिह जि सि र आमा तारा जि सि को नाम बाट निमतारा पोलिकिलिनिक नामाकरण गरिएको पोलिकिलिनिक स्रोत बाट बुझिएको छ।