दूधको परिकार बनाउने तालिम सकियो
सीता बि.क
प्युठान,प्युठानमा आयोजना गरिएको ७ दिने डेरी तथा मिठाई उत्पादन सम्बन्धि सीप बिकास तालिम सोमबार सकिएको छ ।
गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकाले तालिमको आयोजना गरेको हो । सो तालिममा मसला पनिर, पनिर, केक ,रसबरि पुस्टकारी बनाउन सिकाइएको थियो।अर्घाखाँची डेरि उद्योग का संचालक चन्द्रमणि सुबेदिले तालिममा सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्युठान नगरपालिकाका आर्थिक बिकास अधिकृत लेख बहादुर बिष्टले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले सीपले मात्र आत्मनिर्भर बन्नका लागी सहज हुने बताउनुभयो।सीप सिकेर त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर आयआर्जनमा लाग्न प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । 



प्रतिक्रिया राख्नुहोस्