सीता बि.क
प्युठान,प्युठान नगरपालिका ४ का २ महिला राधा अधिकारी र रेखा के सि ले व्यावसायिक रुपमा फूलखेती गर्न थालेको ६ वर्ष पुग्यो।विगत छ वर्षदेखि दुई दिदिबहिनी फूलखेतीमा रमाइरहनुभएको छ।तिहार नजिकिंदै गर्दा यतिबेला ‘सयपत्री’ढकमक्क फूलेका छन।चाडपर्वलाई लक्षित गरी हुर्काएका सयपत्री फूलले सो क्षेत्र वरपरको शोभा समेत बढाएको छ।
तिहारको संस्कृतिमा मौलाएको सयपत्री फूल आजभोलि सर्वव्यापी पुष्पसामग्री बनिसकेको छ। सभा,गोष्ठी,स्वागत,बिदाइ,सम्मान,अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेकाले यो फूलको बाह्रैमास माग हुनेगर्दछ।फुल व्यवसायीका लागि राम्रो आम्दानीको स्रोत बन्न थालेको छ।तर,प्युठानमा यी ब्यबासायीमा फुल खपत नहुने चिन्ता बर्सेनि रहने गर्दछ। प्युठान नगरपालिका वडा नम्बर ४ जुम्रीमा सौन्दर्य पुष्प नर्सरी नामक साझेदारी फर्म दर्ता गरि व्यवसायीक रुपमा सयपत्री फुलको खेती गर्दै आएका दुई महिला तिहार नजिकिँदै गर्दा बजारको खोजीमा हुनुहुन्छ।
उहाँको फर्ममा पुगेर फुल खेती अबलोकन गर्दा मन फुरुङ्गै नहुने साहेद कसैको नहोला,यसैबीच संचालक रेखा के सि ले दिनानुदिन तिहार नजिकिदै छ,फुल नबिक्ने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो।‘बजार आफै कसरी खोज्नु,अलि अलि फोनमा लिन आउँछु भन्नेहरू छन् अरू कसरी विक्री गर्ने?उहाँले भन्नुभयो।‘किसानलाई बजारको चिन्ता नहुने भएमात्र कृषिमा आकर्षण हुन्छ! किसानको उत्पादन विक्री गर्न सरकारले बजार खोजिदिनुपर्ने उहाँको तर्क छ।
तस्बिर:यी हुन पुष्प ब्यबसायी राधा र रेखा
हाम्रो मुख्य लक्ष्य भनेकै प्यूठान जिल्लालाई फुलमा आत्मनिर्भर बनाउनु हो।’सयपत्री फुल अभावका कारण तिहारमा प्लाष्टिकको झिलिमिली माला लाउनु पर्ने वाध्यतालाइ अन्त्य गर्दै मञ्च कार्यक्रम देखि विबाह वर्तवन्ध,पुजापाठ लगायतका कार्यक्रममा माग अनुसार फुलमाला पुर्याउने उदेश्यका साथ पुष्प व्यवसायमा होमिएका राधा अधिकारी र रेखा के सि ले स्थानीय सरकारले किसानलाई प्राथमिकता नदिएको गुनासो गर्नुभयो।फुल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा समेत मौखिक निवेदन गरेपनि सकारात्मक प्रतिक्रिया नपाएको उहाँहरुकोे गुनासो छ।
जिल्लामा मौसमी बाहेक विवाहमा सजाउन,उपहार दिन,विभिन्न सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरुमा कमै फूलको प्रयोग हुने गरेको अर्कि सन्चालक राधा अधिकारीले बताउनुभयो ।
सामाजिक सञ्जालमा देखेकै भरमा स्थानीय क्षेत्रमा हुने कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भएपनि फुलेका सबै फुल चाडपर्व बाहेक अन्य औपचारिक कार्यक्रममा फुल खपत गर्न बजार नपाएको उहाँ बताउनुहुन्छ।उहाँले स्थानीय सरकारले आफूहरूजस्ता नमूना र व्यवसायीक फुल खेती गर्ने किसानलाई नजरअन्दाज गरेको बताउनुभयो।‘वडा कार्यालयको आँगनमै फुल खेती छ,तर कुनै पनि प्रतिक्रिया हुँदैन’,उहाँले भन्नुभयो।
“स्थानीय सरकारले समाजमा रहेका महिलाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउनका लागि आफैँ फूलखेतीका कार्यक्रम ल्याउनुपर्ने हो तर हामी आफैँ लगानी गरेर खेती गर्दा समेत स्थानीय सरकारले यसप्रति खासै चासो नै देखाएको छैन।फूलमा अत्मनिर्भर बन्न सकिने भएकाले सरकारले फूल उत्पादकलाई सहयोग गरी प्रेरित गर्नुपर्छ र हामी जस्ता हजारौं जनालाई फूलखेतीबाट आत्मनिर्भर बनाउनुपर्छ।,”अधिकारीले भन्नुभयो ।
अधिकारी माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको सदस्य समेत हुनुहुन्छ।राजनितीले समाजलाई सकारात्मक कुरा सिकाउने भएकाले राजनितीमा लाग्ने प्रत्येक व्यक्तिले आफु उत्पादन मुखि हुनुका साथै समाजका केहि व्याक्तिलाई रोजगार सिर्जना गर्न सक्ने हुनुपर्ने उहाँ बताउनुहुन्छ।ब्यबसाय बिना राजनिती सम्भब नभएको अधिकारीको भनाई छ।
स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट आउने प्लाष्टिकका फूल तथा मालालाई पूर्णरुपमा बन्देज लगाउनुपर्ने अर्कि सन्चालक रेखा के सि को भनाइ रहेको छ।“नेपाली कृषकले उत्पादन गरेका स्वदेशी फूललाई प्रोत्साहन गर्दै सम्बन्धित निकायले भारतबाट आयातित गरिने प्लाष्टिकका फूल तथा मालाहरुलाई पूर्णरुपमा बन्देज गर्नुपर्छ।,”के सि ले भन्नुभयो।”
मौसमी मात्र नभएर नेपाली कृषकहरुले बेमौसमी फूलखेती गर्न सके भारतबाट आयात गरिने फूलहरुलाई विस्थापित गर्न सकिने उहाँले बताउनुभयो।“फूल उत्पादन गर्ने हामी नेपाली कृषकहरुले मौसमी रुपमा मात्र उत्पादन गर्न सकेका छौं,बेमौसमी खेती गर्नका लागि हामीसँग प्रविधि छैन,आवश्यक टनेल लगायतका उपकरण तथा प्रविधिक सहयोग छैन,फूल कृषकलाई सरकारले आवश्यक उपकरण र प्रविधिको व्यवस्थापन गर्दिए हामीले बेमौसमी रुपमा पनि फूल उत्पादन गर्न सक्थ्यौं र भारतबाट आउने फूललाई विस्थापित गर्न सक्थ्यौं।”
सुरुमा ५ लाख लगानीबाट ६ बर्ष अघि वार्षिक ८० हजार भाडा तिर्ने गरी ५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर सुरु गरिएको फर्ममा सयपत्री अन्तर्गत मेरिगोल्ड र कलकत्ते जातिका फूलहरु मनै लोभिने गरि ढकमक्क फुलेको बगैचाको अर्कोतर्फ फुलको नर्सरी,तरकारीको नर्सरी समेत तयार गरिएको छ।
उहाँहरुको फूल व्यवसायमा दुई जनाले नियमित रोजगारी पाएका छन् भने फूल लगाउँदा,फूल टिप्दा तथा माला बनाउँदा ३देखि ४ जनासम्मलाई रोजगार दिइने गरेको उहाँहरुको भनाई छ।





प्रतिक्रिया राख्नुहोस्