अनिल नेपाली
अर्घाखाँची,अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट बिधुतिय राहदानी (ई–पासपोर्ट) बनाउन शुरु भएको छ । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले गत आईतवारदेखि परिक्षण गरी ई–पासपोर्टको औपचारिक शुरुवात गरेको हो ।सरोबर जडानदेखी कोठा तथा आवश्यक उपकरणको जडान लगायत सबै ई–पासपोर्टको तयारी पुरा गरी खुल्ला गरिएको छ । डिजिटल चिपमा आधारित ई–पासर्पोट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने छ । सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ । हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विधुतीय राहदानीमा विधुतीय चिप र एन्टेना जडान गरिएको छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुनेछन । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । पोलिकार्बोनेट सहितको विधुतीय राहदानी हो । पोलिकार्बाेनेट सहितको डाटापेजमा विधुतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ ।साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण ३४ र ६६ पृष्ट सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।राहदानीको लागि निवेदन कसरी दिने ?यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (च्भलभधब)ि र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (ल्भध) भन्ने इउतष्यल छानेर फाराम भर्नु होला ।नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (म्इए) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।राष्ट्रिय परिचयपत्र ब्अतष्खबतभ भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा –धधध।मयलष्मअच।नयख।लउ) फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैनअर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट बिधुतिय राहदानी (ई–पासपोर्ट) बनाउन शुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्